बेइजिङ- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ। चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङ सो जानकारी दिएका हुन्। बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी उनले दिए।
उनीहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो।