बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पहिलो संक्रमित भेटिनुभन्दा दुई महिना पहिल्यै कोरोनाको उत्पत्ति : अध्ययन

पहिलो संक्रमित भेटिनुभन्दा दुई महिना पहिल्यै कोरोनाको उत्पत्ति : अध्ययन

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा पहिलोपटक कोरोना संक्रमित भेटिनुभन्दा २ महिना पहिल्यै (अक्टोबर)मा कोरोना भाइरस उत्पत्ति भएको हुन सक्ने उक्त अध्ययनको निष्कर्ष छ। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

सांघाई- पहिलो कोरोना भाइरस संक्रमित भेटिनुभन्दा दुई महिना पहिले नै कोरोना भाइरसको उत्पत्ति भएको हुन सक्ने एक अध्ययनले देखाएको छ। 

National life

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा पहिलोपटक कोरोना संक्रमित भेटिनुभन्दा २ महिना पहिल्यै (अक्टोबर)मा कोरोना भाइरस उत्पत्ति भएको हुन सक्ने उक्त अध्ययनको निष्कर्ष छ। 

बेलायतको केन्ट विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो। यस्तै सन् २०२० को जनवरी महिनासम्ममा विश्वका विभिन्न स्थानमा यसको संक्रमण फैलिइसकेको अध्ययनको दाबी छ। 

गत वर्ष मार्चमा चीन र विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले कोरोना भाइरसले महामारीको रूप लिनुभन्दा पहिले नै छिटफुट रूपमा देखिएको बताएको थियो। 

कोरोनाको उत्पत्ति स्थानबारे विश्वभर चर्चा बढ्दै गएको छ। केही समयअघि जो बाइडेन नेतृत्वको अमेरिकी राष्ट्रिपतिको कार्यालयले कोरोनाको उत्पत्तिबारे अध्ययन गरी रिपोर्ट तयार गर्न गुप्तचर निकायलाई निर्देशन जारी गरेका थिए। 

Laxmi sunrise bank
kumari

चीनले भने अमेरिकाले कोरोना भाइरसको विषयमा अमेरिकाले 'गतल राजनीति' गर्न खोजेको आरोप लगाउँदै आएको छ। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेपछि उनको आलोचना भएको थियो।

प्रकाशित: Jun 25, 2021| 12:03 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।