बिहीबार, असार २५, २०८३

डिफेन्डिङ च्याम्पियन सिमोना हालेपले विम्बल्डन नखेल्ने

डिफेन्डिङ महिला च्याम्पियन सिमोना हालेपले विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएकी छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- डिफेन्डिङ महिला च्याम्पियन सिमोना हालेपले विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएकी छन्। उनले खुट्टाको चोटका कारण प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएकी हुन्।

२९ वर्षीया रोमानियन खेलाडीले इटालियन ओपनमा चोट बोकेकी थिइन्। त्यस्तै उनी फ्रेन्च ओपनबाट पनि बाहिर थिइन्। विश्व वरियताको तेस्रो नम्बरकी हालेपले यो वर्ष पनि उपाधि रक्षा गर्ने विश्वास गरिएको थियो।

तर उनले प्रतियोगिताबाटै आफ्नो नाम फिर्ता लिएकी छन्। उनले आज शुक्रबार हुन लागेको फिक्चरअघि मात्र आफ्नो नाम फिर्ता लिएकी हुन्।

‘दुई वर्षअघिको अविस्मरणीय क्षणका कारण विम्बल्डन खेल्नका लागि मैले गर्न सक्ने जति सबै गरेकी थिएँ,’ उनले भनेकी छन्।

उनले थपिन्, ‘मेरो शरीर खेलका लागि उपयुक्त नभएकाले दुर्भाग्यवश् मैले यस्तो सुन्दर प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिनु परेको छ।’

उनले आफू अघिल्लो संस्करणको पर्खाइमा हुने पनि बताएकी छन्। यसअघि दोस्रो वरियताकी जापानी खेलाडी नाओमी ओसाकाले पनि विम्बल्डनबाट नाम फिर्ता लिएकी छन्।

प्रकाशित: Jun 25, 2021| 11:09 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।