बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मैले जिदानको पत्र पढिनँ, एम्बाप्पे रियलका खेलाडी होइनन् : पेरेज

मैले जिदानको पत्र पढिनँ, एम्बाप्पे रियलका खेलाडी होइनन् : पेरेज

२०२०–२१ को सिजन सकिएसँगै रियल मड्रिडका दुई स्टार बाहिरिए। प्रशिक्षक जिनेदिन जिदान र कप्तान सर्जियो रामोस। त्यसअघि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज युरोप सुपर लिगलाई लिएर पनि धेरै आलोचित भएका छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं– २०२०–२१ को सिजन सकिएसँगै रियल मड्रिडका दुई स्टार बाहिरिए। प्रशिक्षक जिनेदिन जिदान र कप्तान सर्जियो रामोस। त्यसअघि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज युरोप सुपर लिगलाई लिएर पनि धेरै आलोचित भएका छन्।

National life

रियल मड्रिडको आफ्नो रंगशाला सान्टियागो बर्नाबेउ निर्माण भइरहेका कारण उसले पछिल्लो सिजन युवा खेलाडीको मैदान अल्फ्रेदो स्टेफानोमा खेल्यो।

त्यस्तै, पछिल्लो सिजनमा कुनै पनि उपाधि जित्न नसकेको रियल मड्रिडको खराब समय चलिरहेको समर्थक विश्वास गर्छन्। त्यसैले अहिले धेरै समर्थकले फ्रान्सका केलियन एम्बाप्पे वा नर्वेका इर्लिङ हाल्यान्डलाई रियलमा अनुबन्ध गर्नुपर्ने बताइरहेका छन्।

यसैबीच रियलका अध्यक्ष पेरेजले एक पत्रकार सम्मेलनमा यस्तो बताएका छन्-

यदि यो सबै मेरो बसमा हुन्थ्यो भने अहिले पनि जिदान (जिनेदिन) नै रियलका प्रशिक्षक हुन्थे। जिदानका लागि रियलको ढोका जहिल्यै खुल्ला रहनेछ यदि उनी चाहन्छन् भने।

Laxmi sunrise bank
kumari

क्लबबाट जिदानको प्रस्तावले कसैलाई आश्चर्य बनाएको छैन। म उनलाई राम्रोसँग चिन्छु। उनी चाहन्छन् भने जिदानेका लागि रियलको ढोका जहिल्यै खुल्ला रहनेछ। तर उनको फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षक हुने चाहना छ। सायद होलान्।

क्लबबाट जिदानको प्रस्तावले कसैलाई आश्चर्य बनाएको छैन। म उनलाई राम्रोसँग चिन्छु। मैले त उनी बसुन् भनेर क्लबमा युद्ध पनि गरेको छु। मैले उनलाई सम्झाउन कोसिस पनि गरेँ। तर उनको ढिपीअघि मेरो केही लागेन।

मैले त जिदानको पत्रसमेत पढिनँ। किनभने मलाई थाहा छ त्यो पत्र उनले लेखेकै थिएनन्। त्यो त उनका लागि कसैले लेखिदिएको थियो। म सबैलाई विश्वास दिलाउन चाहन्छु कि सर्जियो रामोस पनि कुनै दिन अर्को भूमिकामा रियल फर्किने छन्। हामीले रामोसलाई एउटा सम्झौताको प्रस्ताव गरेका थियौँ। हामीले उनलाई समयसीमाबारे जानकारी दिएका थियौँ तर उनले स्विकार गरेनन्।

म छोरालाई जस्तै रामोसलाई पनि प्रेम गर्छु। मैले उनलाई मड्रिडमा ल्याएँ। हो, उनको विदाइ मेरो लागि नराम्रो दिन थियो। फिगोको सम्झौता चाहिँ चुनाव जित्ने कारण थिएन। मेरो योजनाहरु त्यो थियो कि क्लब आर्थिक रुपमा कमजोर स्थानमा थियो। जब म २० वर्षअघि यहाँ आएँ रियल मड्रिड धेरै ऋणमा थियो। मैले पैसा दिएँ भने मात्र क्लब बच्न सक्ने अवस्थामा थियो। र, मैले त्यो गरेको थिएँ।

अहिले सान्टियागो बर्नाबेउ पनि खेल आयोजना गर्नका लागि तयार भइसकेको छ। यो सिजन सुरु हुँदै गर्दा समर्थकसहित खेलाउन सक्ने अवस्था तयार हुनेछ। हामीले वान्डामा खेलिरहनु पर्ने छैन। अब २०२२ को अन्तिमसम्ममा रंगशाला पनि तयार हुनेछ।

अहिले हामीसँग उत्कृष्ट टिम छ। राम्रा खेलाडी ल्याउनका लागि प्रयासरत पनि छौं। हामीसँग यसअघि नै धेरै राम्रा खेलाडीहरु छन्। अहिले सबैले एम्बाप्पे ल्याउने कुरा गरिरहेका छन्। एम्बाप्पे रियल मड्रिडका खेलाडी नै होइनन्। त्यसैले मैले उनीबारे कहिल्यै कुरा गरिनँ। समर्थक पनि त्यही चाहन्छन्।

अहिले हामी टिमको पुनर्संरचना गर्न गइरहेका छौं। साथै म को हुँ र मैले के गर्न सक्छु सबैलाई थाहा छ। हामीसँग ३५ खेलाडी छन्। तर २५ खेलाडी मात्र राख्न सक्छौं। यसबाहेक हामीले यसअघि पनि धेरै काम गर्नुछ।

प्रश्नहरु आइरहन्छन्– एम्बाप्पे कि हाल्यान्ड भनेर। यो कुरा निकै अल्छिलाग्दो छ। त्यस्तै, राफेल वारान? मलाई थाहा छैन, उनी अहिले युरो खेलिरहेका छन्। हामीले उनीसँग गफ गरेका छैनौ। युरोपछि हामी उनीसँग वार्तालाप गर्नेछौं। हामीले उनीबारे केही प्रस्ताव पाएका छैनौं। यदि उनी छोड्न चाहन्छन् भने उनले भन्नुपर्छ।

ब्राहिम डियाज मिलानका राम्रो खेलिरहेका हुन्। यदि उनी यहाँ हुने छैनन् भने मिलानमा हुनेछन्। अहिले रियलका कप्तान मार्सेलो हुन्। त्यस्तै, बेल पनि रियलका महान् खेलाडी हुन्। उनी युरोपकै बेस्ट हुन्।

बेलले हामीलाई च्याम्पियन्स लिग जिताएको कुरा सम्झनै पर्छ। अलेक्जेन्डर सेफरिनले हामीलाई च्याम्पियन्स लिगबाटै बाहिर पठाउने प्रयास गरेका थिए। त्यसलाई अदालतले अवैधानिक ठहयाराइदियो। हेरौँ अब के हुन्छ।

र अन्तिममा, हामीलाई यूईएफएले किन नियमन गर्ने? हामीलाई त समर्थकले नियमन गरिरहेकै छन् नि। त्यसैले त हामी १२ क्लब मिलेर तिनै समर्थकमाझ सुपर लिग सुरु गर्ने भएका थियौँ।

प्रकाशित: Jun 25, 2021| 10:04 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।