आइतबार, जेठ ३, २०८३

सरकारको निर्देशन विपरीत नेपालको पुरानै नक्सा भएका पाठ्यपुस्तक वितरण

विद्यालय र बिक्रेताको मिलेमतोमा केही नयाँ पुस्तकहरू राखिएको छ भने केही पुरानै पुस्तक धमाधम गाउँ गाउँमा वितरण शुरु गरिसकेको अभिभावक र विद्यार्थीले गुनासो गरेका छन्। दैलेखको डुगेश्वर र भगवती माई गाउँपालिका तथा नारायण नगरपालिकालगायतका विभिन्न पालिकाका विद्यालयमा पुरानै नक्सा रहेको पुस्तक वितरण गरिएको छ। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

दैलेख- दैलेखमा नेपालको पुरानै नक्सा भएका पाठ्यपुस्तक धमाधम वितरण गरिएको छ। वितरण गरिएका अधिकांश पाठ्यपुस्तकहरू सरकारको निर्देशन विपरीत नेपालको नयाँ नक्सा अङ्कित नगरिएका पुरानै पाठ्यपुस्तक रहेको पाइएको हो। 

National life

जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्सा अङ्कित पाठ्यपुस्तक बिक्री वितरण गर्नु गराउनु भनेर दिएको निर्देशन दैलेखमा लागू हुन सकेको छैन। पुस्तक बिक्रेताहरूले पुरानै नक्सा अङ्कित पुस्तक विद्यार्थी समक्ष पुर्‍याएका छन्। पुस्तक बिक्री वितरणमा बिक्रेताहरुको कमिसनकै कारण सरकारले निर्देशन गरेको नयाँ नक्सा अङ्कित पाठ्यपुस्तक यहाँ नल्याइँदा पुरानै पाठ्यपुस्तक वितरण गरिएको हो। 

विद्यालय र बिक्रेताको मिलेमतोमा केही नयाँ पुस्तकहरू राखिएको छ भने केही पुरानै पुस्तक धमाधम गाउँ गाउँमा वितरण शुरु गरिसकेको अभिभावक र विद्यार्थीले गुनासो गरेका छन्। दैलेखको डुगेश्वर र भगवती माई गाउँपालिका तथा नारायण नगरपालिकालगायतका विभिन्न पालिकाका विद्यालयमा पुरानै नक्सा रहेको पुस्तक वितरण गरिएको छ। 

पुरानो पाठ्यक्रम र पुरानै नक्सा अङ्कित पुस्तक वितरण गरिएको गुनासोहरू आएपछि हामीले सबैलाई मन्त्रालयको परिपत्रअनुसार काम गर्न भनेका छौँ ती वितरण गरिएका पुस्तक तत्काल फिर्ता गर्न निर्देशन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तेजबहादुर थापाले बताए। उनले भने, 'विद्यालयका शिक्षकहरूले पनि यो विषयलाई ख्याल गरेर पुस्तक खरीद गर्न आग्रह गरेका छौँ।'

वितरण गरिएका अधिकांश पुस्तकहरूमा पुरानै पाठ्यक्रम भएका पुस्तक रहेको गुनासो आएपछि लिखित रुपमै पुराना पाठ्यपुस्तक वितरण नगर्नु नगराउनु भनी शिक्षा एकाइलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।  तत्कालै पुस्तक पसलहरूको अनुगमन गर्ने र नयाँ नक्सा नभएको पुस्तक भेटिएमा कारबाही प्रक्रिया थाल्ने प्याकुरेलले बताए। 

प्रकाशित: Jun 25, 2021| 08:46 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्