बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • प्रेम विवाह गरेका दम्पतीमाथि भारतमा गोली प्रहार, श्रीमान‍्को मृत्यु, श्रीमती घाइते

प्रेम विवाह गरेका दम्पतीमाथि भारतमा गोली प्रहार, श्रीमान‍्को मृत्यु, श्रीमती घाइते

नयाँ दिल्लीको द्वारकास्थित अमराही गाउँमा बिहीबार राति एक दम्पतीमाथि गोली प्रहार भएको छ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

नयाँ दिल्लीको द्वारकास्थित अमराही गाउँमा बिहीबार राति एक दम्पतीमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट घाइते भएका दम्पतीलाई नजिकैको अस्पतालमा भर्ना गरिएकोमा श्रीमान‍्को उपचारकै क्रममा मृत्यु भएको छ।

National life

प्रहरीका अनुसार दुवैले गत अगस्टमा भागी विवाह गरेका थिए। केटीको परीवार उनीहरूको सम्बन्धप्रति रुष्ट थियो। प्रहरीले हत्याको कारणबारे अनुसन्धान थालेको जनाएको छ।

मृत्यु हुनेमा शिनाख्त गोपालपुर गाउँ सोनीपत हरियाणा निवासी २३ वर्षीय विनय दहित रहेका छन्। उनकी श्रीमती १९ वर्षीया किरण दहिया गोली लागेर गम्भीर घाइते भएकी छन्। उनीहरू दिल्लीको अमराही गाउँमा कोठा भाडामा लिएर बस्थे। उनीहरूमाथि राति ९ बजे गोली प्रहार भएको थियो।

प्रहरी समयमै घटनास्थल पुगेर उक्त दम्पतीलाई अस्पताल पुर्‍याएको भए पनि श्रीमान‍्को मृत्यु भइसकेको थियो। विनयलाई चार गोली लागेको थियो। किरणलाई पाँच गोली लागेको छन्। राति करिव नौ बजे ६/७ जनाको समूहले उनीहरूमाथि गोली प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। अमरउजालाबाट

प्रकाशित: Jun 25, 2021| 03:06 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।