सोमबार, चैत ९, २०८२

मुटुका लागि घातक खानेकुरा, हार्ट अट्याकसम्मको जोखिम

अचेलको भागदौडपूर्ण जीवनमा थुप्रै बिरामीको जोखिम हुन्छ। अहिलेका मानिस प्राय कुनै न कुनै रोगसँग जुधिरहेका हुन्छन्। यस्तो अवस्थामा मानिसले आफूलाई स्वस्थ राख्नका लागि थुप्रै विधि अपनाइरहेका हुन्छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

अचेलको भागदौडपूर्ण जीवनमा थुप्रै बिरामीको जोखिम हुन्छ। अहिलेका मानिस प्राय कुनै न कुनै रोगसँग जुधिरहेका हुन्छन्। यस्तो अवस्थामा मानिसले आफूलाई स्वस्थ राख्नका लागि थुप्रै विधि अपनाइरहेका हुन्छन्।

National life

हामीले आफ्नो शरीरका सबै अंगको राम्रो ख्याल गर्नुपर्छ। मुटु त हाम्रो शरीरको सबै भन्दा महत्वपूर्ण अंग हो। मुटुलाई स्वस्थ राख्नका लागि हामीले आफ्नो खानपानमा ध्यान दिनुपर्छ। मानिसले खानपानमा ध्यान दिने हो मुटुलाई स्वस्थ राख्न सकिन्छ। त्यसैले मुटुलाई हानी पुर्‍याउने खानेकुराबाट सधे टाढै रहनु बुद्धिमता हुन्छ।

हाम्रो मुटुलाई इनर्जी ड्रिङ्‍कहरूले हानी पुर्‍याउँछ। जब हामी कहिँ जाँदा थकान महसुस गर्छौं यस्तो अवस्थामा मानिसको इनर्जी घट्छ। र, मानिसले इनर्जी ड्रिङ्‍कको सेवन गर्छन्। 

यति इनर्जी घटेको महशुस हुँदा तुरुन्त इनर्जी ड्रिङ्‍क सेवन गर्ने बानी भने सावधान हुनुपर्छ। इनर्जी ड्रिङ्‍कमा टाराइन र ग्वाराना जस्ता नेचुरल इनर्जी बुस्टर्स हुन्छ। यो दुवै क्याफिनको साथ पाइन्छ। त्यसैले यसको सेवनले मुटुको धड्कन बढ्न पुग्छ। त्यसैले यसको सेवन स्वास्थ्यका लागि राम्रो मानिदैन।

सोडा पनि मुटुका लागि हानिकारक ड्रिङ्‍क हो। धेरै मानिसको बानी रक्सीको सेवनपछि सोडाको सेवन गर्ने हुन्छ। सोडाले जलन हुनुका साथै ब्लड सुगर लेवल बढाउँछ। यसको सेवनले शरीरका विभिन्न भागबाट रगत प्रवाह हुने धमनीमा अवरोध पैदा गरेर तनाव सिर्जना गर्नसक्छ। जसले गर्दा मुटुको जोखिमको खतरा हुन्छ।

Laxmi sunrise bank
kumari

यस्तै धेरै चिप्सको सेवन पनि स्वास्थ्यका लागि घातक हो। चिप्समा भएको नुनले मुटुमा असर गर्छ र मुटुसम्बन्धि थुप्रै रोग निम्त्याउने जोखिम हुन्छ। आलुको चिप्समा ट्रान्स फ्याट, कार्ब्स र सोडियम भरपुर मात्रामा हुन्छ। जुन हाम्रो स्वास्थ्यका लागि राम्रो मानिदैन। यसको सेवनले यसमा पाइने सेचुरेटेड फ्याट पेट बढ्ने जोखिम हुन्छ।

फ्राइ चिकेन खानमा निकै मिठो हुन्छ। घर, पार्टी वा अन्य ठाउँमा मानिसले फ्राइ चिकेनको प्रयोग गरिरहेका हुन्छन्। तारिएको र फ्राइ गरिएको चिके्नमा ट्रान्स फ्याट बढी हुन्छ। त्यसैले यो स्वास्थ्यका लागि हानिकारक हुन्छ। त्यसैले यस्तो मासुले मुटुमा असर गर्छ।

प्रकाशित: Jun 25, 2021| 01:26 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्