काठमाडौं- युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले आउदो सिजन २०२१-२१ देखि क्लब प्रतियोगितामा होम र अवे गोललाई समान मान्यता दिने भएको छ।
युईएफएले क्लब प्रतियोगितामा होम गोलको भन्दा अवे मैदानमा गरेको गोललाई धेरै मान्यता दिने गरेको थियो। जसकारण दुई टिमको गोल बराबर भएको अवस्थामा होम एन्ड अवे प्रणालीबाट निर्णय लिने गरिएको थियो।
तर अब निर्धारित समयमा बराबरी भएमा दुईवटा १५ मिनेटको समय थप गरिने र त्यसमा पनि बराबरी भए पेनाल्टीबाट निर्णय लिने यूईएफएले बताएको छ।
उसले सन् १९७० को दशकदेखि अहिलेसम्मको तथ्यांक हेर्दा होम र अवे जितको अन्तर घटेको (६१%-१९% देखि ४७%-३०%) बताएको छ।
साथै मेन्स फुटबलमा होम-अवे गोलअन्तर पनि घटेको (२.०२-०.९५ देखि १.५८-१.१५) बताएको छ।