बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एएफसी वुमेन्स एसिया कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने

एएफसी वुमेन्स एसिया कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमले एएफसी वुमेन्स एसिया कपको छनोटमा फिलिपिन्स र हङकङसँग खेल्ने भएको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमले एएफसी वुमेन्स एसिया कपको छनोटमा फिलिपिन्स र हङकङसँग खेल्ने भएको छ।

एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले आज जारी गरेको सूचना अनुसार नेपालले एफ समूहबाट ती देशसँग  खेल्न लागेको हो।

मंगलबार मलेसियाको क्वालालाम्पुरमा सम्पन्न भर्चुअल ड्र माफत् विभिन्न देशको फिक्चर तयार पारिएको हो।

छनोटमा भाग लिने २८ टिमलाई चार छिमको चार समूह र तीन टिमका तीन समूह बनाइएको छ। जहाँ हरेक समूहको विजेताले एएफसी कप खेल्न पाउनेछ।

एसिया कप आउँदो २०२२ को जनवरी २० देखि फेब्रुअरी ६ सम्म इन्डियामा हुनेछ। छनोट खेल भने आउँदो सेम्टेम्बरमा हुनेछ।

एएफसी छनोट खेल्ने देशहरू

समूह ए–  चाईनिज ताईपेई, बहराईन, तुर्किमेनिस्तान र लाओस
समूह बी– भियतनाम, ताजकिस्तान, माल्दिभ्स र अफगानिस्तान
समूह सी– उत्तर कोरिया, सिंगापुर, इराक र इन्डोनेशिया 
समूह डी– म्यानमार, युएई, ग्वाम र लेबनान
समूह ई– दक्षिण कोरिया, उज्वेकिस्तान र मंगोलिया
एफ–  फिलिपिन्स, हङकङ र नेपाल 
समूह जी – जोर्डन, इरुान र बंगलादेश 
समूह एच–  थाईल्यान्ड, प्यालेस्टाईन र मलेसिया

वुमेन्स एसिया कप फुटबलमा जापान, अष्ट्रेलिया चीन र आयोजक भारत छनोट भइसकेका छन् ।

प्रकाशित: Jun 24, 2021| 11:50 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।