बिहीबार, असार २५, २०८३

सर्वाधिक गोलकर्ता रोनाल्डोले कुन देशविरुद्ध कति गोल गरे?

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू छन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू छन्।

युरोकप, च्याम्पयन्स लिगमा सर्वाधिक गर्नेदेखि क्लबको कीर्तिमान पनि रोनाल्डोको नाममा छ। यस्तैमा उनले बुधबार राति विश्वकै सर्वाधिक गोलकर्ता अली डेइलीको १०९ अन्तर्राष्ट्रिय गोलको रेकर्डसँग बराबरी गरे।

उनले जारी युरोकपमा पाँच गोल गरेसँगै अन्तर्राष्ट्रिय खेलमा १०९ गोल पुर्‍याएर रेकर्ड बराबरी गरेका हुन्।

बुधबार रातिको खेलमा उनले पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सविरुद्ध दुई गोल गरेका थिए। त्यसअघि जर्मनीविरुद्ध एक गोल गरेका रोनाल्डोले युरोकपको पहिलो खेलमा हंगेरीको पोस्टमा पनि दुई गोल गरेका थिए।

उनले ती सबै गोल राष्ट्रिय टिमबाट १७८ खेलमा गरेका हुन्। यता डेइलीले १९९३ देखि २००६ बीचका १४९ अन्तर्राष्ट्रिय खेलमा ती गोल गरेका थिए।

सर्वाधिक गोल गर्ने क्रममा रोनाल्डोले ४३ देशविरुद्ध गोल गरे। उनले दुई देश लिथुनिया र स्वीडेनविरुद्ध सर्वाधिक ७-७ गोल गरेका छन्। ३६ वर्षे खेलाडीले एन्डोराविरुद्ध ६ गोल गरेका छन्।

यहाँ उनले गरेको गोलको विवरण देखाइएको छ

 

प्रकाशित: Jun 24, 2021| 09:29 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।