बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालले स्पेनमा खेल्ने त्रिकोणात्मक सिरिज एक वर्षका लागि स्थगित

नेपालले स्पेनमा खेल्ने त्रिकोणात्मक सिरिज एक वर्षका लागि स्थगित

कोभिड-१९ को महामारीका कारण नेपालले आउँदो जुलाई अन्तिममा खेल्ने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज स्थगित भएको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- कोभिड-१९ को महामारीका कारण नेपालले आउँदो जुलाई अन्तिममा खेल्ने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज स्थगित भएको छ।

नेपाल-नामिबिया-स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज जुलाई अन्तिममा स्पेनमा हुने तय थियो। तर, सो प्रतियोगिता एक वर्षको लागि स्थगित भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित भएको जाकारी दिएको हो।

‘नेपाल-नामिबिया-स्कटल्यान्डबीचको एक दिवसीय सिरिज कोभिड–१९ को प्रभावका कारण जुलाई २०२२ सम्म स्थगित भएको छ,’ क्यानले सूचनामा लेखेको छ।

उक्त सिरिजको तयारीका लागि क्यानले गएको मंगलबारबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गरेको थियो। त्यसैको तयारीका लागि राष्ट्रिय टिमका प्रशिक्ष डेभ वाटमोर महामारीबीच नेपाल फर्किएका थिए।

प्रकाशित: Jun 24, 2021| 07:22 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।