मंगलबार, असार २३, २०८३

त्रिपक्षीय एकदिवसीय सिरिजका लागि क्यानले बोलायो १९ खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। उसले आज बुधबार एक सूचना जारी गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। उसले आज बुधबार एक सूचना जारी गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

‘आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमनमा हुने नेपाल, ओमन र अमेरिकबीचको त्रिपक्षीय शृंखलाको लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ,’ क्यानले सूचनामा भनेको छ।

यता क्यानले पछिल्लो समय पनि नामिबिया र स्कटल्यान्डसँगको त्रिपक्षीय शृंखलाको लागि बन्द प्रशिक्षणमा बोलाए पनि सो शृंखला नै स्थगित भएको थियो। त्यो शृंखलाका लागि पारस खड्का पनि टिममा थिए। अहिले पनि पारसको नाम छ। तर हिजो मंगलबार मात्र उनले अन्तराष्टि्रय कि्रकेटबाट संन्यास लिएपछि उनी उपस्थित नहुने क्यानले जनाएको छ।

युवा खेलाडी गुल्सन झा पहिलोपटक बन्द प्रशिक्षणमा परेका छन्। क्यानले भोलि बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्ने बताएको छ। काठमाडौं बाहिरका खेलाडी आइपुग्न समय लाग्ने भएकाले सोमबारबाट सुरु भएको बन्द प्रशिक्षण भोलिबाट औपचारिक रुपमा सुरु हुनेछ। अहिले उपस्थित सबै खेलाडीको कोभिड टेस्ट भइसकेको र रिपोर्ट नेगेटिभ आएको छ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषावकर, विक्रम शोव, पवन सर्राफ र रोहित कुमार पौडेल


प्रकाशित: Aug 04, 2021| 13:12 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।