बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरो कप : कस्तो रह्यो समूह चरणको प्रतिस्पर्धा? कुन टिम पुगे नकआउट चरणमा?

युरो कप : कस्तो रह्यो समूह चरणको प्रतिस्पर्धा? कुन टिम पुगे नकआउट चरणमा?

युरो कपमा समूह चरणका सम्पूर्ण खेल सकिएका छन्। जुन २३ (बुधबार) राति समूह ई र एफका खेल सकिएसँगै समूह चरणका खेल सकिएका हुन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

युरो कपमा समूह चरणका सम्पूर्ण खेल सकिएका छन्। जुन २३ (बुधबार) राति समूह ई र एफका खेल सकिएसँगै समूह चरणका खेल सकिएका हुन्। विभिन्न समूहमा विजेता र उपविजेता बन्दै १२ टिम युरो कपको प्रि क्वार्टरफाइनलमा पुगेका छन्।

जहाँ इटाली, बेल्जियम, नेदरल्यान्ड, इग्ल्यान्ड, स्विडेन र फ्रान्स क्रमशः समूह ए, बी, सी, डी, ई र एफका विजेता बनेका छन्। त्यस्तै, उपविजेता बन्नेमा क्रमशः वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनी छन्।

यो वर्ष अष्ट्रिया पहिलो पटक युरो कपको अन्तिम १६ मा पुगेको छ। यता समूहको तेस्रो स्थानमा रहेका टिममध्ये उत्कृष्ट चारमा पर्दै स्विट्जरल्यान्ड, पोर्चुगल, चेक गणतन्त्र र युक्रेन पनि अन्तिम १६ मा पुगेका छन्।

यस्तो छ समूह चरणका सबै खेलको नतिजा

समूह ए का खेल

इटाली ३-० टर्की 
वेल्स १-१ स्विट्जरल्यान्ड
वेल्स २-० टर्की
इटाली ३-० स्विट्जरल्यान्ड
इटाली १-० वेल्स
स्विट्जरल्यान्ड ३-१ टर्की

समूह बीका खेल

डेनमार्क ०-१ फिनल्यान्ड
बेल्जियम ३-० रसिया
फिनल्यान्ड ०-१ रसिया
डेनमार्क १-२ बेल्लजियम
रसिया १-४ डेनमार्क
फिनल्यान्ड ०-२ बेल्जियम

समूह सीको खेल

नेदरल्यान्ड्स ३-२ युक्रेन
अष्ट्रिया ३-१ म्यासेडोनिया
युक्रेन २-१ म्यासेडोनिया
नेदरल्यान्ड्स २-० अष्ट्रिया
युक्रेन ०-१ अष्ट्रिया
नेदरल्यान्ड्स ३-० नर्थ म्यासेडोनिया

समूह डीका खेल

इंग्ल्यान्ड १-० क्रोएसिया
स्कटल्यान्ड ०-२ चेक गणतन्त्र
क्रोएसिया १-१ चेक गणतन्त्र
इंग्ल्यान्ड ०-० स्कटल्यान्ड
चेक गणतन्त्र ०-१ इंग्ल्यान्ड
क्रोएसिया ३-१ स्कल्यान्ड

समूह ईका खेल

स्पेन ०-० स्विडेन
पोल्यान्ड १-२ स्लोभाकिया
स्विडेन १-० स्लोभाकिया
स्पेन १-१ पोल्यान्ड
स्विडेन ३-२ पोल्यान्ड
स्पेन ५-० स्लोभाकिया

समूह एफको पछिल्ला खेल

हंगेरी ०-३ पोर्चुगल
फ्रान्स १-० जर्मनी
पोर्चुगल २-४ जर्मनी
हंगेरी १-१ फ्रान्स
पोर्चुगल २-२ फ्रान्स
जर्मनी २-२ हंगेरी

समूह चरणका विभिन्न ३६ खेल युरोपका ११ रंगशालामा भएका थिए। युरो कप सुरु भएको ६० वर्ष पुगेको उपलक्ष्यमा युरोपेली फुटबलका सर्वोच्च निकाय यूईएफएले विभिन्न ११ देश प्रतिष्ठित सहरमा प्रतियोगिताको आयोजना गरेको थियो।

प्रकाशित: Jun 24, 2021| 01:08 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।