बुधबार, माघ ७, २०८२

बराबरीमा रोकिए पोर्चुगल, फ्रान्स, जर्मनी र हंगेरी

युरो कपअन्तर्गत बुधबार राति सम्पन्न समूह एफका दुवै खेल बराबरीमा रोकिएका छन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडैं- युरो कपअन्तर्गत बुधबार राति सम्पन्न समूह एफका दुवै खेल बराबरीमा रोकिएका छन्।

National life

हंगेरीको बुडापेस्टस्थित पुस्कस एरिनामा सम्पन्न खेलमा पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी  खेले।

पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे भने फ्रान्सका दुवै गोल करिम बेञ्जिमाले गरे।

रोनाल्डोले पेनाल्टीको सदुपयोग गर्दै ३०औं मिनेटमा बनाएको अग्रतालाई बेञ्जिमाले पहिलो हाफको चोटिल समयमा बरबरी रेका थिए। त्यस्तै, दोस्रो हाफको ४७औं मिनेटमै फ्रान्सले २–१ गोलको अग्रता बनाए पनि रोनाल्डोले ६०औं मिनेटमा गोल गर्दै बराबरी गरे।

यता सोही समूहको अर्को खेलमा जर्मनीले घरेलु मैदानमा हंगेरीसँग २–२ गोलको बराबरी गरेको छ। जर्मनीका लागि कई हभाट्ज र लियोन जोरेट्जकाले गोल गरे। यता हंगेरीका लागि एडम सज्लाई र आन्द्रेस स्चफरले गोल गरे।

Laxmi sunrise bank
kumari

यी दुवै बराबरीसँगै फ्रान्सको पाँच अंक छ भने जर्मनी र पोर्चुगलको समान ४–४ अंक छ। २ अंक भएको हंगेरी भने प्रतियोगिताबाट बाहिरिएको छ।
समूहका फ्रान्स, जर्मनी र पोर्चुगल टिनै टिम अन्तिम १६ मा प्रवेश रेका छन्।

प्रकाशित: Jun 24, 2021| 00:55 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।