बुधबार, माघ ७, २०८२

सानदार जितसँगै स्पेन युरो कपको अन्तिम १६ मा

दुई आत्मघाती गोलको सहयोगमा ५–० गोलको जित निकालेको स्पेन समूह ईको दोस्रो स्थानमा रहँदै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं – दुई आत्मघाती गोलको सहयोगमा ५–० गोलको जित निकालेको स्पेन समूह ईको दोस्रो स्थानमा रहँदै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। स्पेनको सेभियामा नेपाली समयअनुसार बुधबार राति सम्पन्न खेलमा औसत सुरुआत गरेको स्पेनले स्लोभाकियाविरुद्ध सानदार जित निकालेको हो।

National life

स्पेनले ३० औं मिनटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो। त्यस्तै पहिलो हाफको चोटिल समयमा एमेरिक लापोर्टेले गोल गरेपछि स्पेनले २–० गोलको अग्रता बनायो। दोस्रो हाफमा दुई गोल थपेको घरेलु टिमले एक गोल कोसली पायो। खेलको ५६ औं मिनेटमा पाबलो सरावियाले र ६७ औं मिनेटमा फरान टोरेसले गोल गरे। यता ७१ औं मिनेटमा स्लोभाकियाका खेलाडीले आत्मघाती गोल गरेपछि स्पनेको गोलको शृंखला बन्द भएको थियो।

अर्को खेलमा जित निकालेको स्विडेन समूह ईको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। समूह विजेता बन्नका लागि स्विडेनले पोल्यान्डलाई ३–२ गोलले हराएको थियो।

खेलमा पहिलो आत्मघाती गोल मार्टिन डुब्राउका र दोस्रो आत्मघाती गोल जुरज ककाले गरेका थिए। यससँगै पछिल्लो दुई खेलमा बराबरीमा रोकिएको स्पेनले समूह चरणको सुदख अन्त्य गरेको छ। खेलमा पूरा पकड बनाएको स्पेनले ६६ प्रतिशत बल नियन्त्रणमा राखेको थियो। तीन अंक भएको स्लोभाकियाले पनि अन्तिम १६ को आशा जीवितै राखेको छ।

बुधबार रातिकै अर्को खेलमा जित निकालेको स्विडेन समूह ईको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। समूह विजेता बन्नका लागि स्विडेनले पोल्यान्डलाई ३–२ गोलले हराएको थियो। स्विडेनका लागि एमिल फोर्सबर्गले दुई र विक्टर क्लसोनले एक गोल गरेका थिए। यता पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए। यो जितसँगै स्विडेनले समूहमा ७ अंक जोड्यो भने पोल्यान्डले अन्तिम १६ मा जाने अवसर गुमाएकाे छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 23, 2021| 18:42 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।