बुधबार, असोज १४, २०८३

भोजपुरकी कविताको कविता प्रथम

प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा भर्चुअल रुपमा आयोजित कविता वाचन प्रतियोगितामा राईको 'देशको नक्सा' शीर्षकको कविता पहिलो भएको हो। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा भोजपुरकी कविता राईको कविता पहिलो बनेको छ।

प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा भर्चुअल रुपमा आयोजित कविता वाचन प्रतियोगितामा राईको 'देशको नक्सा' शीर्षकको कविता पहिलो भएको हो। 

प्रतियोगितामा धादिङकी अमृता स्मृतिको 'डडेलोपछि पनि बसन्त आउँछ' कविता द्वितीय भएको छ।

यस्तै ताप्लेजुङकी सविता बरालको 'आमा म आएँ अब', बर्दियाकी निरञ्जनाकुमारी चन्दको 'युगीन प्रतिध्वनि' र नुवाकोटका प्रकाश सिलवालको 'बोधिसत्वको खोप' तृतीय भएका छन्।

प्रत्येक वर्ष असार ९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सव अघिल्लो वर्ष कोभिडका कारण मंसिरमा भएको थियो। प्रथम हुने कविले ५० हजार रुपैयाँ, द्वितीयलाई ४० तथा तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ र पदक राष्ट्रपतिको हातबाट पाउनेछन्।

No description available.

प्रकाशित: Jun 23, 2021| 12:56 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।