बिहीबार, असार २५, २०८३

युरोकप : के पोर्चुगललाई पछ्याउला स्पेनले?

पछिल्ला ६ खेलमा ४ जित र एक बराबरी खेलेको स्पेनलाई आज स्लोभाकियलाई हराउँदै अन्तिम १६ मा जाने अवसर पनि छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- तीन अंक र चार अंक भएका अरु समूहका टिम तेस्रो स्थानमा रहेका कारण दुई अंकका साथ समूह ईमा तेस्रो स्थानमा रहेको स्पेनलाई आजको खेल निकै दबाबपूर्ण छ। स्पेनले पछिल्ला दुवै खेलमा बराबरी खेलेर दुई अंक बनाएको हो।

पहिलो खेलमा गोलरहित बराबरी खेलेको स्पनले आज समूहको तेस्रो खेलमा स्लोभाकियासँग खेल्दैछ। पछिल्ला ६ खेलमा ४ जित र एक बराबरी खेलेको स्पेनलाई आज स्लोभाकियलाई हराउँदै अन्तिम १६ मा जाने अवसर पनि छ।

आज उसले जित निकालेमा समूहको पहिलो वा दोस्रो स्थान हुँदै अन्तिम १६ मा पुग्न सक्नेछ। तर हार बेहोरे प्रतियोगिताबाटै बहिरिने सम्भावना धेरै छ।

खेलाडी छनोटमा आलोचना खेपेका स्पेनिस प्रशिक्षक लुईस एनरिकेको टिमले पछिल्लो दुई खेल बराबरी खेलेपछि पनि आलोचना खेपेको छ। त्यसैले, एनरिके आजको खेलमा जित निकाल्दै आफू र आफ्नो टिमलाई थप आलोचनाबाट जोगाउन चाहन्छन्।

त्यसको लागि आजको खेलमा स्पेनले घरेलु मैदान र समर्थकको फाइदा उठाउन पनि पाउनेछ। सेभियाको स्टेडियो डि ला कुर्टजा रंगशालामा राति पौने १० बजे सुरु हुने खेलमा स्पेनलाई पछिल्ला खेलहरुमा जस्तै नतिजा दोहोर्‍याउने अवसर पनि छ। उसले यसअघिका सबै घरेलु खेलमा स्लोभाकियाविरुद्ध जित निकालेको छ।

पछिल्लो सिजनमा पोर्चुगलले समूह चरणमा तीन खेलमै बराबरी खेलेर पनि अन्तिम १६ मा पुग्न सफल भएको थियो। पाँच वर्षअघिको युरो विजेता पोर्चुगलले आइसल्यान्डसँग १-१ गोल, अष्ट्रियासँग गोलरहित र हंगेरीसँग ३-३ गोलको बराबरी खेलेको थियो।

तीन बराबरीपछि तेस्रो भएको पोर्चुगल समूह एफको तेस्रो स्थानबाट भाग्यमानी सावित हुँदै अन्तिम १६ मा पुगेको थियो। त्यसपछि उसले लगातार खेल जित्दै उपाधि पनि जितेको थियो।
समूह ईका खेल :

स्पेन ०-० स्वीडेन

पोल्यान्ड १-२ स्लोभाकिया

स्वीडेन १-० स्लोभाकिया

स्पेन १-१ पोल्यान्ड

प्रकाशित: Jun 23, 2021| 11:23 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।