शुक्रबार, साउन ८, २०८३

अमेरिकामा इरान सम्बद्ध दर्जनौँ अनलाइनमाथि प्रतिबन्ध

दुष्प्रचार गरेको भन्दै अमेरिकाले इरानी तथा इरानसँग जोडिएका दर्जनौ अनलाइन समाचार पोर्टलहरुमाथि प्रतिबन्ध लगाएको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

एजेन्सी- दुष्प्रचार गरेको भन्दै अमेरिकाले इरानी तथा इरानसँग जोडिएका दर्जनौ अनलाइन समाचार पोर्टलहरुमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकामा मंगलबारदेखि यस्ता दर्जनौँ साइटहरुमाथि प्रतिबन्ध लगाइएको हो। ती साइटहरु खोल्दा ‘एफबीआई र वाणिज्य विभागले सिल गरेको छ’ भन्ने नोटिसहरुमात्र देखिने गरेको बीबीसीले जनाएको छ।

यसरी प्रतिबन्ध लगाइएकामा इरानको सरकार नियन्त्रित प्रेस टिभी र अल मसिर टिभीसमेत छन् भने यमनको इरानको हुथी सरकार समर्थक अनलाइनहरु पनि छन्।

इरानसहित अमेरिका र अन्य ६ शक्तिशाली देशहरुबीच इरानसँगको परमाणु सम्झौता कार्यान्वयनबारे वार्ता भएको केही दिनमा अमेरिकाले यस्तो कदम चालेको हो।

अमेरिकाको न्याय विभागले इरान र उसको समर्थनमा समाचारहरु प्रवाह गर्ने ३३ वेबसाइट बन्द गरिएको जनाएको छ। इरानी इस्लामिक रेडियो र टेलिभिजन युनियनद्वारा सञ्चालित वेबसाइट, इरान समर्थित कटाइब हिज्बुल्लाह मिलिसियाले इराकमा चलाएका अन्य तीन वेबसाइट पनि बन्द गरिएको न्याय विभागले जनाएको छ।

अमेरिकाको न्याय विभागका अनुसार ती वेबसाइटहरुको डोमिन अमेरिकी स्वामित्वको कम्पनीबाट लिइएको थियो। अमेरिकाले आतंकवादी संगठनहरुलाई यस्ता वेबसाइटको डोमिन दिन नपाइनेसमेत उल्लेख गरेको छ।

प्रकाशित: Jun 23, 2021| 10:56 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।