हङकङ- हङकङको सबैभन्दा ठूलो मानिने लोकतन्त्र पक्षधर पत्रिका एप्पल डेली बन्द हुने भएको छ। पत्रिका व्यवस्थापनले पत्रिका आगामी शनिबारदेखि पत्रिकाको डिजिटल संस्करणसमेत बन्द गर्ने घोषणा गरेको हो।
यसअघि पत्रिकामाथि राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरी समाचार प्रकाशन गरेको आरोप लगाइएको थियो। प्रहरीले कम्पनीसँग सम्बन्धित करिब २३ लाख डलर बराबरको सम्पत्ति 'होल्ड' गरेको छ भने प्रधानसम्पादक र पाँच जना कार्यकारीलाई समेत नियन्त्रणमा लिएको छ।
२६ वर्षको इतिहास बोकेको पत्रिकाको न्युजरुममा गत बिहीबार ५ सय प्रहरी प्रवेश गरी कब्जा गरेका थिए।
पत्रिकाले चिनियाँ नेतृत्वको आलोचनात्मक समाचार प्रकाशन गर्ने गरेको थियो। पत्रिकाका संस्थापक जिम्मी अनधिकृत भेलामा सहभागी भएको आरोपमा जेल परेका छन्।