बिहीबार, असार २५, २०८३

इंग्ल्यान्ड र क्रोएसिया युरोकपको अन्तिम १६ मा

युरोकपमा रहिम स्टार्लिङको दोस्रो गोलसँगै इंग्ल्यान्ड समूह डी को विजेता बनेर अन्तिम १६ मा पुगेको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- युरोकपमा रहिम स्टार्लिङको दोस्रो गोलसँगै इंग्ल्यान्ड समूह डी को विजेता बनेर अन्तिम १६ मा पुगेको छ। मंगलबार रातिको खेलमा उसले जितका लागि चेक गणतन्त्रलाई १–० गोलले हराएको हो।

खेलको १२ औं मिनेटमा ज्याक ग्रियलिसको क्रसलाई सदुपयोग गर्दै स्टार्लिङले गोल गरेका थिए। युरोकपमा स्टार्लिङले पहिलो गोल पहिलो खेलमा क्रोएसियाविरुद्ध गरेका थिए।

जितसँगै ७ अंक बनाएको इंग्ल्यान्ड समूह डी को विजेता भएको छ। समूहको तेस्रो स्थानमा रहेको चेक गणतन्त्रले पनि अन्तिम १६ मा पुग्ने आशा भने जीवित नै राखेको छ।

तर, एक अंकका साथ समूहको पुछारमा रहेको स्कटल्यान्ड भने समूह चरणबाटै बिदा भएको छ। स्कटल्यान्डले सहभागिता जनाएको ११ ठूला प्रतियोगितामा कहिल्यै समूह चरण पार गर्न सकेको छैन।

त्यस्तै अर्को खेलमा जित निकाल्दै समूहको दोस्रो स्थानमा पुगेको क्रोएसिया पनि अन्तिम १६ मा प्रवेश गरेको छ।

मंगलबार रातिको खेलमा क्रोएसियाले स्कटल्यान्डलाई ३–१ गोलले हराएको थियो। क्रोएसियाको जितका लागि निकोला वलासिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गरेका थिए।

यता स्कटल्यान्डका क्यालुम म्याकग्रेगरले पनि एक गोल फर्काएका थिए।

प्रकाशित: Jun 23, 2021| 00:42 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।