सोमबार, फागुन १८, २०८२

कार्यालय परिसरमै मृत भेटिए सशस्त्र प्रहरीका जवान

सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत फेला परेका छन्।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

धनगढी– सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत फेला परेका छन्। 

डडेल्धुराको भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही धनगढी उप–महानगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर परिसरमा मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले कार्यालयको परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा सशस्त्र प्रहरी जवान शाही मृत फेला परेको बताए। 

जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Aug 04, 2021| 12:05 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।