बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व टेस्ट च्याम्पियपन : वर्षाको सम्भावना उस्तै, खेलको निर्णय आज हुने

विश्व टेस्ट च्याम्पियपन : वर्षाको सम्भावना उस्तै, खेलको निर्णय आज हुने

विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि  साउथ ह्याप्म्टनमा इन्डिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि  साउथ ह्याप्म्टनमा इन्डिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन्।

National life

प्रतियोगिताको पहिलो र चौथो दिन वर्षाका कारण खेल सञ्चालन हुन सकेन। त्यसैले अहिलेसम्म टेस्टको सुरुआति दुई इनिङ पनि सकिएका छैनन्।

तर आज पाँचौं तथा अन्तिम दिने भने खेल हुने सम्भावना रहेको इएसपीएनले बताएको छ। यद्यपि खेल सुरु हुन केही समय बाँकी रहँदा पिच भने ढाकिएको छ। अहिलेसम्म न्युजिल्यान्डले दुई विकेटको क्षतिमा १०१ रन बनाएको छ।

उसले इन्डियाले बनाएको २१७ रन पछ्याइरहेको छ। खेलको दोस्रो दिन टस हारेर ब्याटिङका निम्तो पाएको इन्डियाले दुई दिनमा ९२ ओभर एक बलमा सो रन बनाएको थियो। त्यसैले अहिले इन्डिया ११६ रनले अघि छ।

यदि आजको डे लाइट राम्रो हुने हो भने ९० ओभर चल्न सक्ने अनुमान गरिएको छ। त्यसैले टेस्टमा आजको दिन निकै महत्वपूर्ण छ। टेस्टको अन्तिम दिन भएकाले आज विजेताको टुंगो लाग्नेछ।

Laxmi sunrise bank
kumari

इंग्ल्यान्डको मौसम विभागका अनुसार मंगलबार पनि ६५ प्रतिशत वर्षको समभावना छ। आज दिनभर बादल लाग्ने अनुमान गरिएको छ।

प्रकाशित: Jun 22, 2021| 09:19 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।