बुधबार, माघ ७, २०८२

क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आजबाट प्रशिक्षण सुरु हुन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको हो।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आजबाट प्रशिक्षण सुरु हुन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको हो।

National life

जुलाईको अन्तिममा स्पेनमा आयोजित आईसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको खेलमा लागि नेपाली टिमले बन्द प्रशिक्षण सुरु गरेको हो।

बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडी बोलाए भए पनि पृथु बास्केटा प्रशिक्षणमा उपस्थित हुने छैनन्। उनले व्यक्तिगत र अहिलेको अवस्थाका कारण उपस्थित हुन नसक्ने जानकारी पठाएको क्यानले जनाएको छ।

बन्द प्रशिक्षणका लागि हिजो सोमबार खेलाडीसहित ३ अफिसियलको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको क्याले जानकारी दिएको छ।

लिग २ अन्तर्गत नेपालले घरेलु मैदानमा पहिलो एक सिरिज मात्र खेलेका छ। सो सिरिजमा नेपालले दुई हार र दुई जितसँगै चार अंक जोडेको छ।

Laxmi sunrise bank
kumari

लिगमा १० खेलबाट आठ जित निकालेको ओमन १६ अंकका साथ शीर्षस्थानमा छ भने १२ खेलबाट १२ अंक बनाएको युनाइटेड स्टेट(अमेरिका) दोस्रो स्थानमा छ।

तेस्रो स्थानको स्कटल्यान्डको ९ अंक छ भने नामिबियाको ८ र यूएईको ७ अंक छ। त्यस्तै चार अंक भएको नेपालपछि तालिकाको पुछारमा अंकविहित पपुवा न्युगिनी छ।

नेपालले पहिलो सिरिजमा युनाइटेड स्टेट र ओमसँग खेलेको थियो। स्पेनमा हुने अर्को सिरिजमा नेपालले स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

प्रकाशित: Jun 22, 2021| 03:30 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।