बिहीबार, असार २५, २०८३

कोपा अमेरिकामा अर्जेन्टिनाको संघर्षपूर्ण जित

ब्राजिलमा जारी कोपा अमेरिकाको मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टनाले पराग्वे विरुद्ध १-० गोलको जित निकालेको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- ब्राजिलमा जारी कोपा अमेरिकाको मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टनाले पराग्वे विरुद्ध १-० गोलको जित निकालेको छ। ब्राजिलको स्टेडियो नेसनल डि ब्राजिलियामा भर्खर्रै सम्पन्न खेलमा जितसहित अर्जेन्टिना शीर्षस्थानमा छ।

अर्जेन्टिनाको जितका लागि अलेजियान्द्रो डारियो गोमेजले गोल गरेका थिए। डि मारियाको पासमा उनले खेलको १० मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। यससँग पहिलो हाफमा एक गोलले अघि रहेको अर्जेन्टिनाले सोहि अन्तरमा खेल जित्यो।

खेल अवधिभर ५७ प्रतिशत समय बलमा पकड बनाएको पराग्वेले अर्जेन्टिनाको पोस्टतर्फ १० प्रहार गरे पनि उसका सबै प्रयास बिफल भए। १-० गोलको हारका बाबजुल पराग्वे समूह ए को तेस्रो स्थानमा कामय छ।

मंगलबार विहानकै अर्को खेलमा उरुग्वेसँग बराबरीमा रोकिएको चिली पाँच अंकका साथ दोस्रो स्थानमा छ भने उरुग्वे चौथो स्थानमा छ। त्यस्तै अंकविहिन वोलिभिया समूहको पुछारमा छ।

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित: Jun 22, 2021| 02:21 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।