बिहीबार, असार २५, २०८३

भिडालको आत्मघाती गोलले हारबाट जोगियो उरुग्वे

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा चिली र उरुग्वे १–१ को बराबरीमा रोकिएका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा चिली र उरुग्वे १–१ को बराबरीमा रोकिएका छन्।

खेलको पहिलो हाफमा चिलीले अग्रता बनाए पनि उरुग्वेले दोस्रो हाफमा गोल कोसेली पाएपछि खेल बराबरी भएको हो।

पहिलो हाफको २६औं मिनेटमा चिलीका एडुवर्डो वर्गसले गोल गर्दै खेलमा अग्रता दिएका थिए। बेन बेरेटोनले दिएको पासको सदुपयोग गर्दै उनले वर्गसले अग्रता बनाए।

तर, दोस्रो हाफको ६६औं मिनेटमा चिलीका अर्थुरो भिडालले गोल गरेपछि खेल बराबरी भएको थियो। यससँगै कोपा अमेरिकाको समूह ए मा रहेको चिलीले दुई बराबरी र एक जितसँगै पाँच अंक बनाएको छ भने उरुग्वेको एक अंक छ।

एक अंससहित उरुग्वे पुछारबाट दोस्रो स्थानमा छ। यता अहिले पराग्वेसँग खेलिरहेको अर्जेन्टिना शीर्षस्थानमा छ।

प्रकाशित: Jun 22, 2021| 01:39 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।