बिहीबार, असार २५, २०८३

बेल्जियमले फिनल्यान्डलाई हरायो

जारी युरो कपको अन्तिम खेलमा फिनल्यान्डले हार बेहोरेको छ। रसियाको सेन्टपिटरस्बर्गमा सोमबार राति सम्पन्न खेलमा उसले बेल्जियमसँग २–० गोलको हार बेहोरेको हो।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- जारी युरो कपको अन्तिम खेलमा फिनल्यान्डले हार बेहोरेको छ। रसियाको सेन्टपिटरस्बर्गमा सोमबार राति सम्पन्न खेलमा उसले बेल्जियमसँग २–० गोलको हार बेहोरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा फिनल्यान्डका खेलाडीको आत्मघाति गोल सहयोगमा बेल्जियमले अग्रता बनाएको थियो।

फिनल्यान्डका लुकास हडेच्केले खेलको ७४औं मिनेटमा आत्मघाति गोल गरेपछि अग्रता बनाएको बेल्जियमका रोमुलू लुकाकूले ८१औं मिनेटमा गोल गरेका थिए।

यससँगै बल्जियमले जित निकाल्यो। यो जितसँगैत बेल्जियम समूह चरणमा अपराजित छ। उसले नौ अंक बाएको छ भने दोस्रो, तेस्रो र चोथो स्थानमा रहेका क्रमशः डेनमार्क, फिनल्यान्ड र रसियाको समान ३–३ अंक छ।

सोमबार रातिकै अर्को खेलमा पहिलो जित निकाल्दै डेनमार्क अन्तिम १६ मा पुगेको थियो। यता युरो कपअन्तर्गत समूहको पुछारमा रहेपछि रसियाको भने अन्तिम १६ को यात्रा सकिएको छ।

प्रकाशित: Jun 22, 2021| 00:49 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।