बिहीबार, असार २५, २०८३

युरो कप : अष्ट्रिया पहिलो पटक अन्तिम १६ मा, युक्रेन पराजित

बुखारेस्टमा सम्पन्न सोमबार रातिको खेलमा अष्ट्रियाको जितका लागि क्रिस्टोफेज बउमगार्टले खेलको २१औं मिनेटमा गोल गरेका थिए।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- अस्ट्रिया पहिलो पटक युरोकपको अन्तिम १६ टिममा प्रवेश गरेको छ। समूह 'सी'अन्तर्गतको अन्तिम खेलमा युक्रेनलाई १-० गोलले हराउँदै अष्ट्रियाले अन्तिम १६ मा स्थान पक्का गरेको हो। ६ अंक बनाउँदै अस्ट्रिया अन्तिम १६ मा पुगेको हो।

बुखारेस्टमा सम्पन्न सोमबार रातिको खेलमा अष्ट्रियाका लागि क्रिस्टोफेज बउमगार्टले खेलको २१औं मिनेटमा गोल गरेका थिए। बउमगार्टको गोलसँगै पहिला हाफमा एक गोलले अघि रहेको अष्ट्रियाले एक गोलले अघि रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

त्यस्तै, सोही समूहको अर्को खेलमा नेदरल्यान्डले नर्थ म्यासेडोनियालाई ३–० गोलले हराएको छ।

नेदरल्यान्ड्सको आर्मस्टरडममा भर्खरै सम्पन्न खेलमा नेदरल्यान्ड्सका लागि मेम्फिस डुपाईले एक र जोर्जिनियो वाइनाल्डमले दुई गोल गरेका थिए। यससँगै नेदरल्यान्ड्स समूह चरणमा अपराजित छ।

दुई जितपछि नै अन्तिम १६ मा स्थान बनाएको नेदरल्यान्ड्सले तेस्रो खेलमा जित निकाल्दै समूहमा शतप्रतिशत जित निकालेको छ। यता म्यासेडोनिया भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। उसले तीन खेलबाट कुनै अंक बटुल्न सकेन।

समूहको अन्तिम खेलपछि तीनै खेलमा जित निकालेर ९ अंक जोडेको नेदरल्यान्ड्स शीर्षस्थानमा छ भने दुई जित र एक हार व्यहोरेर छ अंक बनाएको अष्ट्रिया दोस्रो स्थानमा छ।

त्यस्तै, एक खेलमा मात्र जित निकालेको युक्रेन तीन अंकका साथ तेस्रो स्थानमा रहँदा जितविहीन म्यासेडोनिया समूहको पुछारमा छ।

समूह सीको खेल :
नेदरल्यान्ड्स ३ – २ युक्रेन
अष्ट्रिया ३ – १ म्यासेडोनिया
युक्रेन २ – १ म्यासेडोनिया
नेदरल्यान्ड्स २ – ० अष्ट्रिया
युक्रेन ० – १ अष्ट्रिया
नेदरल्यान्ड्स ३ – ० नर्थ म्यासेडोनिया

प्रकाशित: Jun 21, 2021| 18:32 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।