बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दोस्रो स्थानका लागि छुट्टाछुट्टै खेलमा रसिया र फिनल्यान्ड भिड्दै

दोस्रो स्थानका लागि छुट्टाछुट्टै खेलमा रसिया र फिनल्यान्ड भिड्दै

युरोकप २०२० अन्तर्गत आज समूह सीसँगै समूह बीका पनि अन्तिम खेल हुँदैछन्। नेपाली समयअनुसार समूह सीका दुई खेल राति पौने १० बजे हुँदैछन् भने समूह सीका दुवै खेल राति पौने १ बजे हुनेछन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- युरोकप २०२० अन्तर्गत आज समूह सीसँगै समूह बीका पनि अन्तिम खेल हुँदैछन्। नेपाली समयअनुसार समूह सीका दुई खेल राति पौने १० बजे हुँदैछन् भने समूह सीका दुवै खेल राति पौने १ बजे हुनेछन्।

National life

समूह सीअन्तर्गत फिनल्यान्डले बेल्जियमको सामना गर्नेछ भने अर्को खेलमा रसियाले डेनमार्कमा घरेलु टिमसँग प्रतिस्पर्धा गर्दैछ। त्यसैले आजको खेल रसिया र फिनल्यान्डका लागि निकै महत्वको छ। यी दुवै टिमको समान ३–३ अंक छ। र, हेड टू हेडको आधारमा फिनल्यान्डभन्दा रसिया अघि छ।

आजको खेलमा यी दुवै टिमले जित निकाल्न सके दुवैको समान ६ अंक हुनेछ। त्यसमा अघि रहने टिम समूहमा दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गर्नेछ। यसकारण दुवै टिम आजको खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेशका लागि उत्सुक छन्।

तर बेल्जियमविरुद्ध फिनल्यान्डलाई जित निकाल्न भने निकै चुनौतिपूर्ण छ। किनभने विश्व नम्बर एक बेल्जियमले पछिल्ला दुई खेलमा लगातार जित निकालिरहेको छ। र, ऊ अपराजित हुँदै अघिल्लो चरणमा पुग्न चाहन्छ।
यसकारण रसिया त्यसको फाइदा उठाउने दाउमा हुनेछ। यता डेनमार्क भने समूहमा पहिलो जितको खोजीमा हुनेछ।

प्रकाशित: Jun 21, 2021| 13:05 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।