बुधबार, माघ ७, २०८२

टोक्यो ओलम्पिक १० हजार जापानी समर्थकले हेर्न पाउने

टोक्यो ओलम्पिक २०२० को आयोजकले प्रतियोगिताका क्रममा रंगशालामा १० हजारसम्म समर्थक उपस्थित हुने पाउने बताएको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० को आयोजकले प्रतियोगिताका क्रममा रंगशालामा १० हजारसम्म समर्थक उपस्थित हुने पाउने बताएको छ।

National life

जुलाई २३ देखि जापानको टोक्योमा हुने प्रतियोगितामा कोभिड–१९ को महामारीका कारण कति दर्शक उपस्थित हुन पाउँछन् भन्ने निक्र्योल यसअघि भइसकेको थिएन।

यसबारे आयोजकसहित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र स्थानीय सरकारले एक विज्ञप्ति जारी गर्दै रंगशालामा उपस्थित हुनसक्ने दर्शकको टुंगो लगाएको हो।

तर मैदानमा उपस्थित भएर विदेशी समर्थकले प्रतियोगिता हेर्न पाउने छैनन्। जुन यसअघि नै प्रतिबन्ध गरिसकिएको छ।
अब रंगशालामा १० हजार वा कुल क्षमताको ५० प्रतिशत नबढ्ने संख्यामा समर्थक उपस्थित हुने पाउनेछन्। प्रतियोगिताका क्रममा समर्थकले ठूलो स्वमा कराउन पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ।

यता २४ अगस्टमा सुरु हुने पाराओलम्पिकमा कति समर्थक सहभागी हुने भन्ने निर्णय आयोजकले गरिसकेको छैन। यदि ओलम्पिकपछि जापानको स्वास्थ्य अवस्था बिग्रिएमा पाराओलम्पिकमा दर्शकमाथि प्रतिबन्ध लगाउन सकिने अनुमान आयोजकले गरेको छ।

Laxmi sunrise bank
kumari

यसअघि नै जापानका प्रधानमन्त्री योसिहिडे सुगाले जनतालाई सबै खेल टेलिभिजनमा हेर्न सुझाव दिएका छन्। यता जापानमा लाइएको आपतकालीन अवस्था पनि हिजो (आइबार) बाट हटाइएको छ।
पाँच हप्तापछि सुरु हुने आलम्पिक अगस्ट ८ सम्म चल्नेछ।

प्रकाशित: Jun 21, 2021| 09:53 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।