बिहीबार, असार २५, २०८३

क्यानले पायो पाँच सय भन्दा बढी जर्सीका डिजाइन

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको नयाँ नेपाली राष्ट्रिय टिमको जर्सी डिजाइन प्रतिस्पर्धामा ५०० जना भन्दा धेरैले भाग लिएका छन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको नयाँ नेपाली राष्ट्रिय टिमको जर्सी डिजाइन प्रतिस्पर्धामा ५०० जना भन्दा धेरैले भाग लिएका छन्।

विजेतालाई एक लाख पुरस्कार घोषणा गरिएको प्रतियोगितामा ५०० भन्दा धेरै जर्सीका डिजाइन प्राप्त भएको क्यानले सूचनामार्फत जनाएको छ।

त्यस्तै, क्यानले जर्सीको छनोटका लागि चार सदस्यीय समिति बनाएको छ। केन्द्रीय समिति सदस्य छुम्बी लामासँगै जेनेरल मेनेजर रौनक मल्ल, व्यवस्थापन विनोद दास प्रायोजकको प्रतिधिनि जर्सी छनोट समितिमा छन्।

‘समितिले छनोट गरेको जर्सी क्रिकेट बोर्डसामू प्रस्तुत गर्नेछ,’ क्याको सूचनामा लेखिएको छ।

क्यानले असार चार गतेसम्मको समय दिएर गत जेठ ३१ गते जर्सी डिजाइनको प्रतिस्पर्धा सुरु गरेको थियो।

प्रकाशित: Jun 21, 2021| 07:28 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।