बिहीबार, असार २५, २०८३

विश्व टेस्ट च्याम्पियनसिप : न्युजिल्यान्डको सहज सुरुआत

विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत न्युजिल्यान्डले आफ्नो पहिलो ब्याटिङमा इन्डियाविरुद्ध सहज सुरुआत गरेको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत न्युजिल्यान्डले आफ्नो पहिलो ब्याटिङमा इन्डियाविरुद्ध सहज सुरुआत गरेको छ।

इंग्ल्यान्डको साउथह्याम्टनमा तेस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले दुई विकेटको क्षतिमा १०२ रन बनाएको छ। त्यसका लागि टोम लाथम र डेभावन कन्वेले ओपनिङ ७० रनको साझेदारी गरेका छन्।

लाथम १०४ बलमा ३० र कान्वे १५३ बलमा ५४ रन बनाएर आउट भएका छन्। यता त्यसपछि मैदानमा छिरेका केन विलियम्सन र रोस टेलर अहिले ब्याटिङमा रहँदा ४९ ओभर सकिएको छ।

यसक्रममा इन्डियाका इशान्त शर्मा र रविचन्द्र अश्विनले न्युजिल्यान्डको समान १–१ विकेट लिएका छन्।

इन्डियाले पहिलो इनिङमा २१७ रन जोडेको छ। अजिंक्य रहाणेको सर्वाधिक ४९ रन र कप्तान विराट कोहलीको ४४ रनको सहयोगमा इन्डियाले सो रन जोडेको हो।

इन्डिया कुल ९२ दशमलव एक ओभरसम्म मैदानमा टिकेको थियो। ओपनिङमा आएका रोहित शर्मा र सुभमन गिलले ६२ रनको साझेदारी गरेका थिए। शर्मा ३४ रनमा आउट भएका थिए भने गिल २८ रन बनाउँदै पेवेलियन फर्किए।

यता न्युजिल्यान्डका कायल जेमसनले सार्वाधिक पाँच विकेट लिँदा ट्रेन्ट बोल्ट र निल वेग्नरले समान दुई–दुई विकेट लिए। त्यस्तै, टिम साउथीले एक विकेट गिराएका थिए।

आज दिउँसोबाट चौथो दिनको खेल सुरु हुँदैछ।

प्रकाशित: Jun 21, 2021| 03:33 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।