बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरो कपमा समूह सीको अन्तिम खेल : युक्रेन र अष्ट्रियालाई अन्तिम १६ मा जाने अवसर

युरो कपमा समूह सीको अन्तिम खेल : युक्रेन र अष्ट्रियालाई अन्तिम १६ मा जाने अवसर

युरो कपअन्तर्गत समूह सीबाट नेदरल्यान्डले अन्तिम १६ मा स्थान बनाइसकेको छ। यता समूह 'ए' बाट पनि इटाली र वेल्स अन्तिम १६ मा पुगिसकेका छन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं– युरो कपअन्तर्गत समूह सीबाट नेदरल्यान्डले अन्तिम १६ मा स्थान बनाइसकेको छ। यता समूह 'ए' बाट पनि इटाली र वेल्स अन्तिम १६ मा पुगिसकेका छन्।

त्यसैले सोमबार राति पौने १० बजे सुरु हुने खेलले अन्तिम १६ मा पुग्ने समूह सीको दोस्रो टिमको टुंगो लाग्दैछ।

सोमबार राति ९:४५ बजे एकैपटक दुई खेल हुँदैछन्। समूह सीको एक खेल रोमानियाको बुखारेस्टस्थित नेसनल एरिनामा हुँदैछ। बुखारेस्टको खेलमा युक्रेनले अष्ट्रियाको सामना गर्दैछ।

अहिले एक खेलमा जित र एक खेलमा हार बेहोरेको युक्रेन ३ अंकका साथ समूहको तेस्रो स्थानमा छ। समान तीन अंक बनाएको अष्ट्रिया युक्रेनपछि युक्रेनले अष्ट्रियाको सामना गर्दैछ।

अहिले एक खेलमा जित र एक खेलमा हार बेहोरेको युक्रेन ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ। समान तीन अंक बनाएको अष्ट्रिया युक्रेनपछि छ।

यि टिममध्ये जसले जित निकाल्यो त्यो टिम अन्तिम १६ मा जाने पक्का छ। बराबरी भएको अवस्थामा गोलअन्तर (धेरै गोल)को आधारमा युक्रेनलाई फाइदा हुनेछ।

अर्को खेलमा नेदरल्यान्डले म्यासेडोनियाको सामना गर्नेछ। समूह चरणका खेल सकिँदा म्यासेडोनियाले समूहको पहिलो वा दोस्रो भएर अन्तिम १६ मा पुग्ने अवसर गुमाइसकेको छ। किनभने ऊ तालिकामा अंकविहिन छ।

त्यसैले ऊ जित निकाल्दै तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पर्ने चार भाग्यमानीमा पर्न चहान्छ। यता पछिल्ला दुई खेलमा जित निकालेर ६ अंक जोडेको नेदरल्यान्ड चाहिँ  घरेलु भूमिमा अपराजित रहन चहान्छ।

विगतमा यि दुईबीच सम्पन्न फुटबलले पनि नेदरल्यान्ड बलियो रहेको देखाउँछ कि नेदरल्यान्डले म्यासेडोनियासँग कहिल्यै हार बेहोरेको छैन्। नेरदरल्यान्ड र म्यासेडोनियाबीचको खेल आर्मटारडम एरिनामा हुनेछ।

समूह सीका पछिल्ला खेल

नेदरल्यान्ड्स ३ - २ युक्रेन
अष्ट्रिया ३ - १ म्यासेडोनियाँ
युक्रेन २ - १ म्यासेडोनिया
नेदरल्यान्ड्स २ - ० अष्ट्रिया

प्रकाशित: Jun 21, 2021| 03:13 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।