बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कोपा अमेरिका : कोलम्बियालाई पेरुले हरायो, बराबरीमा इक्वेडर र भेनेजुएला

कोपा अमेरिका : कोलम्बियालाई पेरुले हरायो, बराबरीमा इक्वेडर र भेनेजुएला

कोपा अमेरिकाअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेरुले २–१ गोलअन्तरले हराएको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं– कोपा अमेरिकाअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेरुले २–१ गोलअन्तरले हराएको छ। ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोविकोमा सम्पन्न खेलमा पेरुले प्रतियोगिताको पहिलो जित निकालेको हो।

National life

पेरुको जितका लागि सर्जियो पेनाले एक गोल गरे भने कोलम्बियाका येरी मिनाले आत्मघाति गोल गर्दै पेरुलाई गोल कोसेली दिए।

यता एक गोलले पछि परेको अवस्थामा कोलम्बियाका मिगल बोर्जाले ५३औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर ६४औं मिनेटमा येरी मिनाको आत्मघाति गोलपछि पेरुले जित निकाल्यो।

यससँगै पेरुले समूह ए मा तीन अंक बनाएको छ। ऊ समूहको तेस्रो स्थानमा छ। हारका बाबजुद चार अंक भएको कोलम्बिया दोस्रे स्थानमा छ।

कोपा अमेरिकामा सोमबार बिहानको अर्को खेलमा इक्वेडरलले भेजेजुएलासँग २–२ गोलको बराबरी खेलेको छ।

Laxmi sunrise bank
kumari

बराबरीसँगै एक अंक जोडेको इक्वेडर समूह ए को पुछारमा छ भने दुई अंक बनाएको भनेजुएला चौथो स्थानमा छ।

समूहमा सुरुआती दुवै खेलमा जित निकालेको ब्राजिल ६ अंकका साथ शीर्षस्थानमा छ।

कोपा अमेरिकामा भोलि बिहान उरुग्वे र चिली भिड्दैछन् भने अर्जेन्टिनाले पराग्वेको सामना गर्नेछ।

प्रकाशित: Jun 21, 2021| 03:00 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।