बुधबार, माघ ७, २०८२

युरो कप : इटालीसँग पराजित वेल्स पनि अन्तिम १६ मा प्रवेश

इटालीको जितका लागि माथ्यु पेसिनाले निर्णायक गोल गरेका थिए। पेसिनाको गोलसँगै पहिलो हाफमा इटाली गोल गोलले अघि रह्यो। तर दोस्रो हाफमा उसले कुनै गोल थप्न नसकेपछि पेसिनाको गोल नै खेलको निर्णायक बन्यो।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- युरो कपअन्तर्गत भर्खरै सम्पन्न खेलबाट हार व्यहोरे पनि समूह 'ए'को दोस्रो स्थानमा रहँदै वेल्स अन्तिम १६ मा प्रवेश गरेको छ। रोमस्थित ओलम्पिको रंगशालामा भर्खरै सम्पन्न खेलमा वेल्सले घरेलु टिम इटालीसँग १–० गोलको हार व्यहोरे पनि वेल्सले अन्तिम १६ को यात्रा निश्चित गरेको हो। 

National life

इटालीको जितका लागि माथ्यु पेसिनाले निर्णायक गोल गरेका थिए। पेसिनाको गोलसँगै पहिलो हाफमा इटाली गोल गोलले अघि रह्यो। तर दोस्रो हाफमा उसले कुनै गोल थप्न नसकेपछि पेसिनाको गोल नै खेलको निर्णायक बन्यो।

यता खेलको ५५औं मिनेटमा इथन एम्बडूले इटालीका फ्रेडेरिको बेनार्डिस्कीलाई खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए।

यससँगै १० खेलाडीमा समेटिएको वेल्सले गोल गर्न सफल भएन। उसले थप गोलको चुनौती पनि टारेको थियो। यो खेलमा हारे पनि वेल्स दोस्रो स्थानमा रहन सफल भएको छ।

समूह 'ए'का तीन खेलमा जित निकाल्दै इटालीले ९ अंक बनाएको छ। इटाली ३० अन्तर्राष्ट्रिय खेलमा अपराजित छ भने पछिल्ला १० खेलमा कुनै गोलको सामना गरेको छैन।

Laxmi sunrise bank
kumari

यता वेल्सले समूहमा चार अंक बनाएको छ। समान चार अंक बनाएको स्विट्जरल्यान्ड गोलअन्तरमा पछि पर्दै समूहको तेस्रो स्थानमा छ भने अंकविहीन भएर पुछारमा पुगेको टर्की प्रतियोतिाबाट बाहिरिएको छ।

समूह ए का खेल:
इटाली ३–० टर्की
टर्की ०-२ वेल्स
वेल्स १–१ स्विट्जरल्यान्ड
इटाली ३–० स्विट्जरल्यान्ड
इटाली १–० वेल्स
स्विट्जरल्यान्ड ३–१ टर्की

प्रकाशित: Jun 20, 2021| 18:21 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।