बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरो कपबाट बाहिरियो टर्की, उत्कृष्ट ४ को पर्खाइमा स्विट्जरल्यान्ड

युरो कपबाट बाहिरियो टर्की, उत्कृष्ट ४ को पर्खाइमा स्विट्जरल्यान्ड

आइतबार राती भएको खेलमा स्वीट्जरल्यान्डविरुद्ध टर्कीले ३-१ गोलको हार व्यहोरेको हो। खेलमा स्विट्जरल्यान्डको लागि जयडन शचिउरीले दुई गोल गरे भने हरिस सेफेरोविचले एक गोल गरे। यता टर्कीका इरफान काभिजीले एक गोल फर्काएका थिए।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- युरो कप २०२० बाट टर्की बाहिरिएको छ। समूह 'ए'मा रहेको टर्की समूह चरणको अन्तिम खेलमा स्विटजरल्यान्डसँग पराजित भएसँगै युरोकपबाट बाहिरिएको हो।

National life

आइतबार राती भएको खेलमा स्वीट्जरल्यान्डविरुद्ध टर्कीले ३-१ गोलको हार व्यहोरेको हो। खेलमा स्विट्जरल्यान्डको लागि जयडन शचिउरीले दुई गोल गरे भने हरिस सेफेरोविचले एक गोल गरे। यता टर्कीका इरफान काभिजीले एक गोल फर्काएका थिए।

खेलको छैटौं मिनेटमै सेफेरोविचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। शचिउरीले २६औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

यता दोस्रो हाफको ६२औं मिनेटमा टर्कीका काभिजीले गोल गरेपछि खेल २–१ भएको थियो। तर शचिउरीले ६८औं मिनेटमै दोस्रो गोल गर्दै खेललाई स्विट्जरल्यान्डलाई ३–१ गोलको अग्रता दिलाएका थिए।

यससँगै टर्कीले जारी युरो कपको तीन खेलमा पराजय व्यहोरेको छ। यता स्विट्जरल्यान्ड भने चार अंकका साथ समूहको तेस्रो स्थानमा छ। ऊ तेस्रो स्थानको उत्कृष्ट चार टिममा समावेश हुँदै अन्तिम १६ मा पुग्ने पर्खाइमा छ।

Shivam cement

यता शीर्ष दुईमा रहेका इटाली र वेल्स अन्तिम १६ मा प्रवेश गरेका छन्।

प्रकाशित: Jun 20, 2021| 17:58 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।