काठमाडौं- गत आर्थिक वर्ष २०७६/०७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ वैदेशिक सहायता प्रतिबद्धता ३५ प्रतिशत वृद्धि भएको छ। चालु आवको पहिलो १० महिना (वैशाख मसान्त) मा २ खर्ब २ अर्ब २८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो।
वैदेशिक सहायतामध्ये अनुदान १०.९ प्रतिशत र ऋण ८९.१ प्रतिशत रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। गत आर्थिक वर्षमा यस्तो सहायता १४.३ प्रतिशत अनुदान र ८५.७ प्रतिशत ऋण थियो।
वैदेशिक सहायता प्रतिबद्धतामा द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९५.३ प्रतिशत रहेको छ। कुल सहायता प्रतिबद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ ,उर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायता ११.७ प्रतिशत रहेको छ।