बुधबार, असोज १४, २०८३

सेयर बजारमा पहिरो, एकैदिन ६३ अंकले ओरालो

सेयर बजारमा पहिरो गएको छ। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ६३.११ अंकले ओरालो लागेर २९०५.३२ अंकमा अडिएको छ। 
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- सेयर बजारमा पहिरो गएको छ। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ६३.११ अंकले ओरालो लागेर २९०५.३२ अंकमा अडिएको छ। 

आइतबार २ बजेर ४७ मिनेटमा बजार २८८१ अंकमा आएको थियो। कारोबार सुरुदेखि नै घट्न थालेको बजार कारोबारको अन्तमा केही बढेर बन्द भएको थियो। 

यसदिन २३१ कम्पनीको ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ। आइतबार १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यसदिन सबैभन्दा बढी युनियन जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० अंकले ओरालो लागेको छ। 

गत साता नेपाल धितोपत्र बोर्डले सजग भएर लगानी गर्नका साथै ५१ वटा कम्पनीको मूल्यमा चलखेल भएको विज्ञप्ति निकालेपछि बजार निरन्तर ओरालो लागिरहेको छ। 

बोर्डले जारी गरेको विज्ञप्तिले लगानीकर्ताहरु थप लगानी गर्न डराएर बिक्री बढेपछि बजार ओरालो लागेको हो। 
बजार ओरालो लाग्नका लागि धितोपत्र बोर्डको विज्ञप्ति पर्याप्त भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए। 

त्यस्तै नेपालको बजार आर्थिक सूचकहरुको विपरीत हिँडिरहेको तर अब भने विस्तारै बजार करेक्सनको गतिमा जान लागेको धितोपत्र बोर्डले जनाएको छ। 

प्रकाशित: Jun 20, 2021| 09:57 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्