बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हंगेरीको अवैतनिक महावाणिज्यदूतमा अरुण कुमार चौधरी नियुक्त

हंगेरीको अवैतनिक महावाणिज्यदूतमा अरुण कुमार चौधरी नियुक्त

 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं– सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो । 

उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। अरुण कुमार चौधरी नेपालको व्यावसायिक घराना सीजी होल्डिंग्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन्।
 

प्रकाशित: Jun 20, 2021| 08:04 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्