बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिए अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिए अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं– एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।

यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भ डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन्।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो ।
 

प्रकाशित: Jun 20, 2021| 08:02 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्