बिहीबार, असार २५, २०८३

युरोकप: समूह चरणको अन्तिम खेल आजबाट हुँदै

जारी महादेशीय फुटबल प्रतियोगिताको आज (आइतबार) रातिबाट टिमहरूले आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेल सुरु गर्दैछन्।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- युरोकपमा सम्मिलित २४ टिमलाई ४–४ टिमका ६ समूह विभाजन गरिएपछि हरेक टिमले समूह चरणमा तीन खेल खेल्नुपर्ने हुन्छ। यसै सिलसिलामा जुन ११ बाट सुरु युरोकपका सबै टिमले समूहका दुई खेल खेलिसकेका छन्।

तसर्थ जारी महादेशीय फुटबल प्रतियोगिताको आज (आइतबार) रातिबाट टिमहरूले आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेल सुरु गर्दैछन्।

समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज राति पौने १० बजे इटाली र वेल्स भिड्दैछन्। इटालीको राजधानी रोमस्थित स्टेडियो ओलम्पिको रंगशालामा हुने खेलमा समूहको पहिलो र दोस्रो स्थानका टिमले अन्तिम खेल खेल्नेछन्।

घरेलु मैदानमा बलियो देखिएको इटालीले समूहका दुवै खेलमा जित निकालेको छ। पछिल्लो २९ खेलमा अपराजित र १० खेलमा कुनै गोलको सामना नगरेको इटाली अहिले उच्च फर्ममा छ। ऊ यसअघि नै अन्तिम १६ मा पनि प्रवेश गरिसकेको छ।

त्यस्तै एक जित र एक बराबरीसँगै वेल्स अपराजित छ।  ‘हाम्रो लागि इटाली धेरै ठूलो चुनौती हो,’ वेल्सका कप्तान ग्यारेथ वेलले खेलअघि भने, ‘इटाली उत्कृष्ट फुटबल खेल्ने देश हो उसले विपक्षीलाई अप्ठ्यारो पार्दै आएको छ। तर हाम्रो लक्ष्य जितको नै हुनेछ।’

यता इटालीका प्रशिक्षक रोबर्टो मानसिनीले ब्रिसिट खेलाडीमा उत्कृष्ट  ‘फिजिकालिटी’ भएको बताएका छन्। उनले भने, ‘वेल्स बलियो टिम हो पछिल्लो फिफा वरीयताले पनि त्यही देखाउँछ। उनीहरूसँग राम्रा खेलाडीहरू छन्।’

आइतबारको अर्को खेल पनि राति ९:४५ मा सुरु हुनेछ। यो खेलमा समूह एकै स्विट्जरल्यान्ड र टर्की भिड्नेछन्। समूह चरणको अन्तिम खेल भएकाले यी दुई टिमलाई अन्तिम १६ मा जानका लागि मौका हुनेछ।

टर्कीले पहिलो दुवै खेलमा हार बेहोरेकाले आजको खेलमा जित निकाल्दै समूहमा तेस्रो भएर अन्तिम १६ मा पुग्ने सपना देखिरहेको छ। किनभने युरोकपमा तेस्रो हुने चार टिमले पनि प्रिक्वार्टरफाइनल खेल्न पाउने नियम छ।

यता स्विट्जरल्यान्ड पनि टर्कीलाई ठूलो गोलअन्तरले हराउँदै दोस्रो वा तेस्रो स्थानमा रहेर प्रिक्वार्टरफाइनल पुग्ने आशाका साथ आजको खेल खेल्नेछ।

समूह ए मा अहिले शीर्षस्थानमा रहेको इटालीको ६, दोस्रो स्थानको वेल्सको ४, तेस्रो स्थानको स्विट्जरल्यान्डको एक र पुछारको टर्कीको शून्य अंक छ।

समूह ए का खेल :

इटाली ३–० टर्की

टर्की ०-२ वेल्स

वेल्स १–१ स्विट्जरल्यान्ड

इटाली ३–० स्विट्जरल्यान्ड

प्रकाशित: Jun 20, 2021| 07:48 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।