बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व टेस्ट च्याम्पियनसिप : इन्डियालाई ‘फर्म’ ल्याउँदै कोहली र रहाणे

विश्व टेस्ट च्याम्पियनसिप : इन्डियालाई ‘फर्म’ ल्याउँदै कोहली र रहाणे

विश्व टेस्ट च्याम्पियसिपमा आज दिउँसोबाट तेस्रो दिनको खेल सुरु हुँदैछ। सुरुआति ब्याटिङको निम्तो पाएको इन्डियाले १४६ रन बनाइसकेको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- विश्व टेस्ट च्याम्पियसिपमा आज दिउँसोबाट तेस्रो दिनको खेल सुरु हुँदैछ। सुरुआति ब्याटिङको निम्तो पाएको इन्डियाले १४६ रन बनाइसकेको छ।

हिजो शनिबार ९८ ओभर खेलाउने उद्देश्यले खेल आधा घण्टा लम्ब्याएर साँझ साढे ६ सम्म खेलाइएको थियो। तर मौसमको प्रभावले ६४.४ ओभर मात्र खेल हुन सक्यो।

शनिबार साँझ दोस्रो दिनको खेल सकिँदा विराट कोहली र अजिंक्य रहाणे ब्याटिङमा कायम छन्।

यस पहिले ओपनिङमा आएका रोहित शर्मा ३४ रन बनाएर आउट भएइसकेका छन्। उनले ८६ बलमा ६ चौका हिर्काएका थिए। अर्का ओपनर शुभमन गिल ६४ बलमा २८ रन बनाउँदै बाहिरिएका छन्। उनले यसबीच तीन चौका प्रहार गरे।

त्यस्तै, ५४ बलमा दुई चौका प्रहार गरेका चेतेस्वर पुजारा ८ रनमै आउट भएका छन्। गिल र पुजारा आउट भएपछि मैदान छिरेका कोहली र रहाणे कायम छन्। कोहलीले ४४ र रहाणेले २९ रन जोडेपछि इन्डियाले १४६ रन बनाएको हो।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, कायल जयमसन, निल वेग्नरले समान १–१ विकेट गिराएका छन्।

टेस्टमा पहिलो दिनको खेल प्रतिकुल मौसमका कारण प्रभावित बनेर दोस्रो दिनबाट खेल सुरु भएको थियो।

प्रकाशित: Jun 20, 2021| 06:50 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।