बिहीबार, असार २५, २०८३

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्पेन 

खेलको २५औं मिनेटमा अल्भेरो मोराटाले बनाएको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा पनि स्पेन बराबरीमा रोकिएको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- खेलको २५औं मिनेटमा अल्भेरो मोराटाले बनाएको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा पनि स्पेन बराबरीमा रोकिएको छ।

युरो कपअन्तर्गत शनिबार राति स्पेनको सेभिल्लीमा सम्पन्न खेलमा स्पेन र पोल्यान्ड १–१ गोलको बराबरीमा रोकिएका हुन्।

पहिलो हाफमा जेरार्ड मोरेनोको पासलाई सदुपयोग गर्दै मोराटाले अग्रता बनाएका थिए। तर, दोस्रो हाफको ५४औं मिनेटमा कामिलले दिएको पासलाई रोबर्ट लेवान्डोस्कीले हेडमार्फत् पोस्टमा छिराएपछि खेल बराबरीमा आएको थियो।

त्यसको चार मिनेटमै घरेलु टिमले पेनाल्टीको अवसर पाए पनि सदुपयोग गर्न सकेन्। मोरेनोले प्रहार गरेको पेनाल्टीले पोस्टको दिशा लिन सकेन्।

यो बराबरीसँगै समूह ई अन्तर्गतको स्पेन २ खेलमा २ अंक जोड्दै समूहको तेस्रो स्थानमा समेटिएको छ। यता पोल्यान्डले समूहको पुछारमा स्थान बनाएको छ।

चार अंक बनाएको स्विडेन शीर्षस्थानमा छ भने तीन अंक बनाएको स्लोभाकिया दोस्रो स्थानमा छ।

प्रकाशित: Jun 20, 2021| 01:18 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।