काठमाडौं – पोर्चुगलविरुद्ध एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै घरेलु समर्थकमाझ जर्मनमीले जित निकालेको छ।
म्युनिखमा भर्खरै सम्पन्न खेलमा ४–२ गोलअन्तरको जित निकाल्दा एक गोलले पछि परेको अवस्थाबाट जर्मनीले पुनरागमन गरेको हो। त्यसो त, खेलको पाँचौ मिनेटमा गोल गरे पनि अफसाइड भएपछि अग्रता बनाउनबाट चुकेको जर्मनी १५ औं मिनेटमा एक गोलले पछि परेको थियो।
डियागो जोटाले दिएको पासको सदुपयोग गर्दै फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेर पाहुना टिमलाई अग्रता दिलाएका थिए। तर उनको अग्रता धेरै समय टिकेन। पोर्चुगलकै रुविन डियाज र राफेल गुरेरो ३५ औं र ३९ औं मिनेटमा आत्मघाति गोल गरेपछि पोर्चुगल पहिलो हाफमै २–१ गोलले पछि पर्यो।
यता पोर्चुगलका लागि खतरा हुने ठाउँमा लगातार बल गुडाएको जर्मनीले पोर्चुगलमाथि लगातार दबाब बनाउँदै दोस्रो हाफ सुरु गरेको थियो। पहिलो हाफमा २–१ गोले अघि रहेको जर्मनलीले दोस्रो हाफमा पनि दुई गोल थप्यो। युवा फरवार्ड केई हभाट्राजले ५१ औैं मिनेटमा गोल गरे भने रोबिन जोन्सेसले ६० औं मिनेटमा गोल गरे। दोस्रो हाफमा बल पोसेसन राख्दै ४–१ गोलको अग्रता बनाएपछि जर्मनले ठूलो गोल अन्तरको नतिजाका साथ जित्ने सम्भावना कायम गरेको थियो। यद्यपी पोर्चुगलका डियागो जोटाले ६७ औं मिनेटमा गोल गर्दै गोलअन्तरलाई ४–२ बनाए।
आजको खेललाई कतिपय फुटबल विश्लेषकहरुले 'विश्वकप'को झल्को दिन खेल'को रुपमा पनि चित्रित गरिरहेका छन्। खासगरी ब्राजिललाई अधिक गोल अन्तरले हराउँदा जर्मनी टिमले खेलको जुन रणनीति र लय तय गरेको थियो, त्यही लय आज पोर्चुलविरुद्धको खेलमा पनि देखिएको भनाइ उनीहरुको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलले पुनरागमन गर्न सकेन र जर्मनीलो सोही गोलअन्तरमा जित निकाल्यो। खेल अवधिभर ५८ प्रतिशत समय बलमा नियन्त्रण बनाएको जर्मनीले विपक्षिको पोस्टतर्फ ११ प्रहार गरेको थियो। यता पोर्चुगलले ६ प्रहार मात्र गर्न सक्यो। समूह 'एफ' समूह एफअन्तर्गत पहिलो खेलमा फ्रान्सँग हार बेहोरेको जर्मनीले दोस्रो खेलामा जित निकाल्दै तीन अंक बनाएको छ।
यता पोर्चुगलको पनि समान तीन अंक छ। उसले पहिलो खेलमा हंगेरीलाई ३–० गोलले हराएको थियो। आजै भएको अर्को खेलमा बराबरीमा रोकिएपछि चार अंक बनाएको फ्रान्स समूह 'एफ'को शीर्षिस्थानमा छ। त्यस्तै जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ। एक अंकका साथ हंगेरी समूहका पुछारमा छ।
साथै युरो कपमा १२ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन्। यसअघिका खेलमा उनले दुई गोल गर्दै सो रेकर्ड आफ्नो नाममा गरेका थिए। पछिल्लो खेलमा आफैंले बनाएको रेकर्ड तोड्दै उनले अर्को रेकर्ड कायम गरे।