बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बराबरीमा रोकिए हंगेरी र फ्रान्स : रोमाञ्चक बन्दै समूह 'एफ'को प्रतिस्पर्धा 

बराबरीमा रोकिए हंगेरी र फ्रान्स : रोमाञ्चक बन्दै समूह 'एफ'को प्रतिस्पर्धा 

एक गोलले पछि परेको अवस्थामा एन्टोनी ग्रिजम्यानले गोल गर्दै हंगेरीको घरेलु मैदानमा फ्रान्सलाई हारबाट जोगाएका छन्। 
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- एक गोलले पछि परेको अवस्थामा एन्टोनी ग्रिजम्यानले गोल गर्दै हंगेरीको घरेलु मैदानमा फ्रान्सलाई हारबाट जोगाएका छन्। 

National life

खेलको दोस्रो हाफमा ग्रिजम्यानले गोल गरेपछि हंगेरी र फ्रान्सले १–१ गोलको बराबरी खेलेका हुन्। युरोकपअन्तर्गत बुडापेस्टको पुस्कस एरिनामा भर्खरै सम्पन्न खेलमा घरेलु टिमले फ्रान्सलाई बराबरीमा रोकेसँगै दुबै टिमले अन्तिम १६ को आशासमेत कायम राखेका छन्। 

बल पोसेसनमा पछि परेको हंगेरीका अटिना फियोलाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए। इन्ज्युरी समयको दोस्रो मिनेटमा रोलन्ड सलाईको पासमा फियोलाले गोल गरेसँगै पहिलो हाफमा घरेलु टिमले एक गोलको अग्रता बनाएको थियो। 

एक गोलले पछि परे पनि दोस्रो हाफमा दबाब बनाएको फ्रान्सका एन्टोनी ग्रिजम्यानले ६६ औं मिनेटमा गोल गरे। केलियन एम्बाप्पेले दायाँबाट करिम बेञ्जिमातर्फ गरेको क्रसलाई बीचबाटै ग्रिजम्यानले प्रहार गर्दै बललाई नेट चुमाएर खेललाई बराबरी बनाए।

खेल अवधिभर ६७ प्रतिशत समय बलमा पकड बनाएको फ्रान्सले थप गोल गर्न सकेन। तर उसले विपक्षीको पोस्टतर्फ १५ प्रहार गरेको थियो। यता हंगेरीले पाँच पटक मात्र फ्रान्सविरुद्ध प्रहार गर्न सक्यो। हंगेरीको घरेलु मैदानमा उसलाई हराउने फ्रान्सको सपनामा फेरि बादल लागेको छ। 

Laxmi sunrise bank
kumari

किनभने फ्रान्सले हंगेरीमा यसअघि खेलेका ८ खेलमा एकमात्र जित निकालेको थियो। फ्रान्सविरुद्ध घरेलु मैदानमा छ खेल जितेको हंगेरीले एकपटक बराबरी खेलेको थियो। आज पुनः एकपटक बराबरी खेलेपछि उसले फ्रान्ससँग घरेलु माटोमा दुईपटक बराबरी गरेको छ। यो बराबरीसँगै समूह एफमा ४ अंक बनाएको फ्रान्स शीर्षस्थानमा छ। एक अंक बनाएको हंगेरी भने तालिकाको तेस्रो स्थानमा छ।

आफ्नो पहिलो खेलमा हंगेरीको ६१ हजार घरेलु दर्शकमाझ उसलाई ३–० गोलले स्तब्ध बनाएको पोर्चुगल समूहको दोस्रो स्थानमा छ। अंकविहीन जर्मनी तालिकाको पुछारमा छ। फ्रान्सले पहिलो खेलमा आत्मघाति गोलको सहयाेगमा जर्मनीलाई हराएको थियो। आजको दोस्रो खेलमा पोर्चुगल र जर्मनी भिड्दैछन्।

प्रकाशित: Jun 19, 2021| 15:13 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।