बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टेस्ट च्याम्पियनसिप सुरु : न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोज्यो

टेस्ट च्याम्पियनसिप सुरु : न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोज्यो

खराब मौसमका कारण पहिलो दिन सुरु हुन नसकेको इन्डिया र न्युजिल्याण्डको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- खराब मौसमका कारण पहिलो दिन सुरु हुन नसकेको इन्डिया र न्युजिल्याण्डको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ।

इङ्ल्यान्डको साउथह्याम्टनमा मौसम सुधार भएपछि टस भएको छ, न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेको छ। यता इन्डियाले ब्याटिङको निम्तो पाएको छ।

च्याम्पियनसिपको फाइनल खेल शुक्रबार सुरु हुने निधो भए पनि खराब मौसमका कारण खेल सुरु हुन सकेको थिएन।

इन्डिया र न्युजिल्यान्डले पहिलोपटक न्युट्रल मैदानमा टेस्ट खेल्दैछन्। यो च्याम्पिनसिलाई इन्डियाका कप्तान विराट कोहलीले अल्टिमेट टेस्टको संज्ञा दिएका छन्।

तर उनले यो खेलले नै विश्वको उत्कृष्ट टिमको निधो नदिने बताएका छन्। उनले खेलअघि भने ‘पाँच वर्षके अवधिमा तपाई कुन बेस्ट टिम होला भनेर हेर्नुहुन्छ भने यो टेस्टले निर्क्योल भने गर्दैन।’

प्रकाशित: Jun 19, 2021| 10:16 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।