बिहीबार, असार २५, २०८३

फ्रान्स र हंगेरी : यस्तो छ हेड टु हेड

 हंगेरी र फ्रान्सले युरोपियन च्याम्पियनसिप (युरोकप) मा आज पहिलोपटक खेल्दैछन्।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- हंगेरी र फ्रान्सले युरोपियन च्याम्पियनसिप (युरोकप) मा आज पहिलोपटक खेल्दैछन्। हंगेरीको घरेलु मैदान पुस्कस एरिना (बुडापेस्ट) मा साँझ पौने ७ बजे सुरु हुने खेलमा हंगेरीले फ्रान्ससँग भिड्न लागेको हो।

युरोकपमा कहिल्यै भेट नभएका यी जोडी फुटबलको अर्को विशेष प्रतियोगिता विश्वकपमा चाहिँ दुईपटक भेट भइसकेका छन्। दुवै भेटमा फ्रान्सले हंगेरीलाई स्तब्ध पारेको छ। सन् १९७८ को विश्वकपको समूह चरणमा र १९८६ को विश्वकपमा हंगेरीले क्रमशः ३–१ र ३–० गोलले हार बेहोरिसकेको छ।

ठूला प्रतियोगिता मात्र होइन, त्यो विश्वकपपछिका बाँकी खेलमा पनि फ्रान्सअघि हंगेरी हाबी हुन सकेको छैन। साथै पछिल्ला अन्य पाँचै भेटको नतिजा फ्रान्सको पक्षमा छ। यो विनिङ रन १९७८ को विश्वकपबाट भएको सुरु हो।

यी दुई टिमबीचको फुटबल खेललाई अझै धेरै नियाल्ने हो भने १९७८ को विश्वकपअघि १७ खेल भेटिन्छन्। जसको नतिजा केही फरक छ। ती १७ खेलमा फ्रान्सले तीन जित निकालेको छ भने दुई खेल बराबरी भएको छ।

बाँकी १२ खेलमा हंगेरीले जित निकालेको थियो। त्यस्तै आज खेल हुने हंगेरीको घरेलु मैदानमा पनि पाहुना टिम फ्रान्स हाबी हुन सकेको छैन। पुस्कस एरिनामा सम्पन्न आठ खेलमा फ्रान्सले एक मात्र खेल जितेको छ। ६ खेलमा हार बेहोरेको छ।

फ्रान्स र हंगेरीबीचका सबै (२३) खेलको कुरा गर्दा ८ खेल मात्र फ्रान्सले जिते पनि २०१८ को विश्वविजेता हो फ्रान्स। जारी युरोकपको समूह चरणमा पनि उसले जर्मनीलाई हराइसकेको छ। जर्मनीबाट गोल कोसेली पाएको फ्रान्सले पहिलो खेलमा जित निकालेको थियो।

सबै प्रतियोगिताका पछिल्ला पाँच खेलमा फ्रान्सले लगातार जित निकालेको छ। जुन क्रममा उसले कुनै गोलको सामना गर्नु परेको छैन।

यता हंगेरीले भने घरेलु भूमिमा पोर्चुगलसँग ३–० गोलको हार बेहोरेको थियो।

प्रकाशित: Jun 19, 2021| 07:54 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।