बुधबार, असोज १४, २०८३

के.सी.एल. क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी

गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबीच शेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ। 
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडबीच शेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ। 

समझदारी पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल.का तर्फबाट कम्पनीका अध्यक्ष दीपक पाण्डेयले शुक्रबार हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंकको ५१.२० प्रतिशत शेयर स्वामित्व कायम भएको छ। अब के.सी.एल.लाई गरिमा विकास बैंकको सहायक कम्पनीको रूपमा अगाडि बढाइने छ।

साथै के.सी.एल. को नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिने बैंकले जनाएको छ।

प्रकाशित: Jun 19, 2021| 07:01 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्