बुधबार, माघ ७, २०८२

कोपा अमेरिकामा अर्जेन्टिना र चिलीको जित

कोपा अमेरिकाअन्तर्गत लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले पहिलो जित निकालेको छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले पहिलो जित निकालेको छ।

National life

ब्राजिलको नेसनल रंगशालामा शनिबार बिहान सम्पन्न खेलमा गुइडो रोड्रिग्वेजले १३ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले १–० गोलको जित निकालेको हो।

बार्सिलोनाका पूर्व टिममेट फरवार्ड सुआरेजको टिम उरुग्वेविरुद्ध मेस्सीको टिमले संघर्षपूर्ण जित निकाल्दै चार अंक जोडेको छ।

अर्जेन्टिनाको जितका लागि कप्तान मेस्सीको पासलाई सदुपयोग गर्दै मिडफिल्डर रोड्रिग्वेजले गोल गरे। खेलको बाँकी समयमा अर्जेन्टिना र उरुग्वेले केही राम्रो मुभहरू बनाए पनि गोल गर्न सकेनन्।

खेल अवधिभर अर्जेन्टिनाले विपक्षीको पोष्टतर्फ आठ प्रहार गर्‍यो भने उरुग्वेले चार प्रहार गरेको थियो। बल पोसेसनमा बलियो देखिएको उरुग्वे गोल गर्न चाहिँ असमर्थ रह्यो। यससँगै जारी कोपा अमेरिकामा उरुग्वेले पहिलो  खेलमै हार बेहोरेको हो।

Laxmi sunrise bank
kumari

यता जितसँगै चार अंक बनाएको अर्जेन्टिना समूह बी को शीर्षस्थानमा छ भने उरुग्वे शून्य अंकका साथ चौथो स्थानमा छ।

अर्जेन्टिना पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। पहिलो खेलमा बराबरी रोकिएको चिलीले शनिबार बिहानको अर्को खेलमा बोलिभियालाई १–० गोलले हराएको छ।

पहिलो जितसँगै चिली कोपा अमेरिकाको दोस्रो स्थानमा छ। उसको पनि समान चार अंक छ। तेस्रो स्थानको पराग्वेको तीन अंक छ।

प्रकाशित: Jun 19, 2021| 02:10 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।