काठमाडौं- कोपा अमेरिकाअन्तर्गत अहिले भइरहेको खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ।
ब्राजिलको नेसनल रंगशालामा जारी खेलमा गुइडो रोड्रिग्वेजले १३ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले फरवार्ड सुआरेजको टिम उरुग्वेविरुद्ध १–० गोलको अग्रता बनाएको हो।
कप्तान लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै मिडफिल्डर रोड्रिग्वेजले गोल गरेका थिए।
यो गोलसँगै समूह बी को सुरुआती खेलको आधा समयमा सकिँदा उरुग्वे एक गोलले पछि छ। पहिलो हाफमा उरुग्वेले अर्जेन्टिनाको पोस्टमा कुनै प्रहार गर्न सकेको छैन। अर्जेन्टिनाले उरुग्वेविरुद्ध पाँच प्रहार गरिसकेको छ।
यता दोस्रो खेल खेलिरहेको अर्जेन्टिना पहिलो खेलमा चिलीसँग बराबरीमा रोकिएको थियो।