बिहीबार, असार २५, २०८३

पहिलो हाफमा अर्जेन्टिना एक गोलले अघि

कोपा अमेरिकाअन्तर्गत अहिले भइरहेको खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत अहिले भइरहेको खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ।

ब्राजिलको नेसनल रंगशालामा जारी खेलमा गुइडो रोड्रिग्वेजले १३ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले फरवार्ड सुआरेजको टिम उरुग्वेविरुद्ध १–० गोलको अग्रता बनाएको हो।

कप्तान लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै मिडफिल्डर रोड्रिग्वेजले गोल गरेका थिए।

यो गोलसँगै समूह बी को सुरुआती खेलको आधा समयमा सकिँदा उरुग्वे एक गोलले पछि छ। पहिलो हाफमा उरुग्वेले अर्जेन्टिनाको पोस्टमा कुनै प्रहार गर्न सकेको छैन। अर्जेन्टिनाले उरुग्वेविरुद्ध पाँच प्रहार गरिसकेको छ।

यता दोस्रो खेल खेलिरहेको अर्जेन्टिना पहिलो खेलमा चिलीसँग बराबरीमा रोकिएको थियो।

प्रकाशित: Jun 19, 2021| 00:51 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।