बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप : इंग्ल्यान्ड र स्कटल्यान्डबीच वेम्बलीमा ऐतिहासिक बराबरी

युरोकप : इंग्ल्यान्ड र स्कटल्यान्डबीच वेम्बलीमा ऐतिहासिक बराबरी

वेम्बली रंगशालामा शुक्रबार राति इंग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेपछि दुवै टिमले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेका छन्।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- वेम्बली रंगशालामा शुक्रबार राति इंग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेपछि दुवै टिमले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेका छन्।

National life

युरोकपअन्तर्गत समूहको दोस्रो चरणको खेलमा इंग्ल्यान्डले घरेलु मैदानमा पाहुना टिम स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेपछि उनीहरूले अन्तिम १६ को आशा जीवितै राखेका हुन्।

सन् १९९६ को युरोकपपछि मुख्य प्रतियोगितामा पहिलोपटक भेट भएका निकट प्रतिद्वन्द्वीले २२ हजार ५०० समर्थकमाझ प्रशस्त सम्भावना बनाए पनि गोल गर्न भने सकेनन्।

खेलको दौरान दोस्रो हाफमा इंग्ल्यान्डले बल पोसेसन राख्दै केही राम्रा मुभहरू बनाए पनि गोल गर्न सकेन। यता स्कटल्यान्डले खेल अवधिभर ११ वटा नजिकका अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।

यो बराबरीसँगै चार अंक बनाएको इंग्ल्यान्ड समूह 'डी' को दोस्रो स्थानमा छ। इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई हराएर तीन अंक जोडेको थियो। यता पहिलो खेलमा स्कटल्यान्डलाई हराएको चेक गणतन्त्र भने शुक्रबार राति क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको छ।

Laxmi sunrise bank
kumari

यो बराबरीपछि चेक गणतन्त्र चार अंकका साथ शीर्षस्थानमा छ भने क्रोएसिया र स्कटल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन्। उनीहरूको समान १–१ अंक छ।

वेम्बलीमा ऐतिहासिक बराबरी

इंग्ल्यान्ड र स्कटल्यान्डबीच यसअघि वेम्बलीमा रंगशालामा भएका ३२ खेलमा कहिल्यै पनि गोलरहित बराबरी भएको थिएन। तर, गएरातिको खेलमा उनीहरू गोलरहित बराबरीमा रोकिएका हुन्। यससँगै उनीहरूले वेम्बली रंगशालामा पहिलोपटक गोलरहित बराबरी खेले।

अन्तर्राष्ट्रिय खेलमा निकट प्रतिद्वन्द्वीका रुपमा लिइने इंग्ल्यान्ड र स्कटल्यान्डबीच सबै प्रतियोगितामा गरी यो ११५ औं खेल थियो, त्यसमा पनि यो चौथो गोलरहित बराबरी हो।

यसअघि यी दुई टिमले १८७२, १९७० र १९८७ मा तीनपटक गोलरहित बराबरी खेलेका थिए। त्यस्तै, मुख्य प्रतियोगिताहरूमा यो खेल इंग्ल्यान्डको १७ औं गोलरहित बराबरी थियो।

प्रकाशित: Jun 19, 2021| 00:44 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।